काठमाडौँ/
राप्रपाले मिस नेपाल वर्ल्ड–२०२४ विजेता आश्माकुमारी केसीलाई केन्द्रीय सदस्य बनाएको छ । राप्रपाको नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने क्रममा आवश्यक प्रक्रिया पूरा पछि केसी पनि केन्द्रीय सदस्य बनेकी हुन् ।
पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधान संयोजक रहेको छनौट समितिले विभिन्न मापदण्डका आधारमा अन्तर्वार्ता लिएर उत्तीर्ण भएपछि उनी केन्द्रीय सदस्य बनेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
गत साउनमा सम्पन्न ग्राण्ड फिनालेबाट उनी मिस नेपाल वर्ल्ड–२०२४ विजयी भएकी थिइन् ।