सुचना, समाचार र मनोरन्जन

विज्ञान, सीप, उद्यम र मौलिकता: राष्ट्रिय शिक्षा दिवस २०८१ भव्यताका साथ सम्पन्न

पोखरा/

पोखरा सभागृहमा “विज्ञान, सीप, उद्यम र मौलिकता” भन्ने मूल नाराका साथ राष्ट्रिय शिक्षा दिवस २०८१ भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँले शिक्षा क्षेत्रलाई सुदृढ बनाउन महानगरको निरन्तर लगानी र नवप्रवर्तनको प्रतिबद्धता व्यक्त गर्दै, गुणस्तरीय शिक्षा नै समाजको दीर्घकालीन विकासको आधार भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा ४९८ जना शिक्षकहरूलाई सम्मान गरियो, जसले २५ वर्षभन्दा बढी समयदेखि शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्। यस अवसरमा कक्षा ८, १० र १२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई नगदसहित प्रशंसापत्र प्रदान गरियो।

पोखरा महानगरपालिका वडा नं. २ का अध्यक्ष दिवशमान प्रधानाङ्गले पनि कार्यक्रममा शिक्षा सम्बन्धी आफ्नो मन्तव्य राख्दै, शिक्षाको गुणस्तर सुधार र विद्यार्थीहरूको सर्वांगीण विकासका लागि सबै क्षेत्रले योगदान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले शिक्षामा लगानीले समाजलाई दीर्घकालीन लाभ दिने र आगामी पुस्तालाई सक्षम बनाउन महत्वपूर्ण भूमिका खेल्ने कुरा जोड दिनुभयो।

विविध सांस्कृतिक कार्यक्रमले समारोहलाई थप आकर्षक बनायो, जसले सहभागीहरूको उत्साहलाई उजागर गरेको थियो। कार्यक्रममा पोखरा महानगरको शैक्षिक विकासमा योगदान पुर्‍याउने सबैलाई धन्यवाद दिँदै, मेयर आचार्यले पोखरालाई शैक्षिक गुणस्तरमा अग्रणी बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

Leave A Reply

Your email address will not be published.