सुचना, समाचार र मनोरन्जन

उपसना र धिरजलाई रिल होइन रियल जोडी बन्न निर्देशकको सुझाव

काठमाडौं :

अभिनेत्री उपासना सिंह ठकुरीको जन्मदिनमा बधाई दिन फिल्म हल पुगेका खुस्माका निर्देशकले बधाई तथा शुभकामना दिदै बिहे गर्न सुझाव दिएका छन्। शुक्रबार उपासनाको जन्म दिनमा निर्देशक अशोक थापा मगरले शो सुभाव दिएका हुन्।

२६ वर्ष पुगेकी उपासनालाई धिरज मगरले बधाई दिन बिग मुभिज्को हल बाहिर पुगेका थिए। उनीसँगै अन्य फिल्मकर्मी तथा पत्रकारहरु पनि पुगेका थिए। प्रदर्शन भइरहेको फिल्म ‘खुश्मा’का जोडी उपासना र धिरजलाई रियल लाइफमै विवाह गर्न सुभाव दिनेको ओइरो थियो। फिल्मकर्मीको कुरा सुनेर धिरज र उपासना लजाएका थिए।

मगर समुदायको परिवेशमा निर्माण भएको फिल्मले सशस्त्र द्वन्द्वको प्रभावबीच अंकुराएको एक जोडीको प्रेमकथालाई देखाएको छ । यसमा धीरज र उपासनासहित माओत्से गुरुङ, खड्कबहादुर पुन ९खबपु०, राज थापा काउचा, सुजता राई, विजय संयोक सुब्बा, राजु रेग्मी मगर, अस्तित्व भट्टचन, संगीता थापामगर, सारा राई, विवेश मगर, श्वेता मिश्र, दुईसाङ थिङ आदिको पनि अभिनय छ ।

Leave A Reply

Your email address will not be published.