सुचना, समाचार र मनोरन्जन

युकेमा रुचाइयो नवल र रेविका अभिनित ‘काँडेतार’,दर्शकको प्रतिक्रियाले उत्साहित निर्माता राई

काठमाडौं :

सिमानामा काँडेतार बारले मुलुक बिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन असल छिमेकीसंगको सद्भाव कायम राख्छ भन्ने कथासार रहेको चलचित्र ‘काँडेतार’ आईतवार आश्फोर्ड युकेको सिङ्गलटन हलमा उल्लेखनीय दर्शकहरु बीच विशेष प्रर्दशनी भएको छ ।

देशको माटो र मान्छे जोगाउने उदेश्यको साथ बनेको देशभक्तिपुर्ण चलचित्र ‘काँडेतार’ प्रति युकेवासी नेपालीहरुले देखाएको प्रेम र सद्भावबाट आफु अत्यन्तै हर्शित भएको निर्मात्री सत्यकला राईले बताईन्। उनले फिल्म हेर्ने दर्शकहरुले फिल्मको मनोरन्जन दिएको समेत जानकारी दिइन्। निर्मात्री एवं गायिका समेत रहेकी सत्यकला राई फिल्म प्रदर्शनका लागि यतिबेला युकेमा रहेकी छन्।

उनका अनुसार फिल्म हेर्न विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, कलाकार, लेखक, पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो। मुख्य आयोजक टिमका अधक्ष्य, नेप्लिज लेडिज ग्रुरुपका जया कोयी राई, देवान राई, ट्रस्टी अफ गोर्खा पिस फाउन्डेसनका गंगाराज राई, महासचिव यायोक्खा वेलाय र नेपाली कलाकार प्रस्तोता समाज वेलायत किरात राई, कल्पना राई कुञ्जु, महासचिव सगरमाथा गोरखा नेप्लिज लेडिज कम्युनिटी आस्फोर्ड र साँस्कृतिक सचिव किरात राई यायोक्खा प्रा.क. आस्फोर्ड केन्टरएक्जेक्युटिव मेम्बर अफ कलाकार प्रस्तोता समाज युकेका प्रकाश राई रहेका थिए। उक्त प्रिमियरमा समाजसेवि सकुन लिम्बू नेम्बाङ्ग पुर्व खेलाडी, सहसचिव किरात याक्थुंग चुम्लुङ्ग युके, निर्मला राई, बिपिन लिम्बु, माला लिम्बु आदिको उपस्थिति रहेको थियो भने प्रायोजकमा आस्मी ज्वेलर्स, गोरखा भान्साघर, गोरखा भिल्ला, शिला किचन, काठमाण्डौ र गोल्ड होलसेल, केन्ट गोरखा कम्पनी, मेडिस्टोन तन्दुरी, सरस्वती ज्वेलर्स आदि रहेका थिए।

नेपालको प्राय ः सबै शहरमा विशेष प्रदर्शन सम्पन्न भइसकेको र अत्यधिक रुचाइएको चलचित्र काँडेतारमा नवल खडका, गौरब पहाडी, रेविका गुरूङ्ग, प्रशान्त यादब, सुरबिना कार्की, मुरलिधर,संजय खतिवडा, रोमियन लिम्बु, प्रेम सुब्बा, पर्शुराम चौधरी,पुष्प श्रेष्ठ,ज्ञानेन्द्र कोइराला लगायतका कलाकारले अभिनय गरेका छन्। अभिनेता खडकाकै निर्देशन रहेको यो फिल्मको कार्यकारी निर्माता सत्यकला राई हुन्। फिल्मलाई शिवम् अधिकारी र नवल खड्का मिलेर लेखेका हुन् भने छायांकन सौरभ लामा, द्वन्द श्री श्रेष्ठ, नृत्य कविराज गहतराजको रहेको छ ।

Leave A Reply

Your email address will not be published.