सुचना, समाचार र मनोरन्जन
Sarangi

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं/

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।

अपराह्न ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने तय भएको एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, स्थानीय तहको उपनिर्वाचन लगायतका समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

स्थानीय तहको उपनिर्वाचनको कार्यक्रम आगामी २ मंसिरदेखि सुरु हुने र १६ मंसिरमा मतदाता हुने कार्यतालिका छ ।

यसअघि २४ असोजमा बसेको एमाले सचिवालय बैठकले स्थानीय तह उपचुनावका लागि सम्भावित उम्मेदवारको नामावली कात्तिक २२ गतेसम्म तल्ला कमिटीबाट आवश्यक निर्णय गरेर केन्द्रीय कार्यालयमा पठाउन भनेको थियो ।

साथै सोही दिनको बैठकले एमालेको केन्द्रीय कार्यालय कीर्तिपुरमा स्थापना गर्ने निर्णय गरेको थियो । भोलिपल्ट जग्गा दाता मिनबहादुर गुरुङ दम्पतीसहित एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले भवन शिलान्यास गरेका थिए ।

पार्टी कार्यालय बनाउन व्यापारीबाट सहयोग लिनु गलत भएको आवाज एमाले नेताबाटै उठेको छ । यसबारे पनि आजको सचिवालय बैठकमा छलफल हुनसक्ने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.