सुचना, समाचार र मनोरन्जन
Sarangi

‘जेरी अन टप’बाट अभिनयमा फर्कदै भुवन केसी

काठमाडौं :

नेपाली फिल्मका सदावहार अभिनेता तथा चलचित्र विकास बोर्डका पुर्वअध्यक्ष भुवन केसी अभिनयमा फर्किने भएका छन्। उनी तीन वर्षपछि फिल्म ‘जेरी अन टप’बाट अभिनयमा फर्किन लागेका हुन्।

उनले ३ वर्षअघि रिलिज भएको फिल्म ‘डाँडाको वरपीपल’मा अभिनय गरेका थिए। त्यसपछि बोर्डको अध्यक्ष भएका केसीले फिल्ममा अभिनय गर्न भ्याएका थिएनन्। यो फिल्ममा उनका छोरा अनमोल केसी र केदार घिमिरे माग्नेबुढाले पनि अभिनय गर्दैछन्। निर्माण पक्षका अनुसार यो फिल्ममा अनमोलकी आमाको भूमिकामा विपना थापाले रहनेछिन्। भुवन र विपनाले यसमा बाबुआमाको रोलमा जोडी बाँध्दैछन्। यसअघि भुवन र विपनाले सन् २००६ मा रिलिज भएको फिल्म ‘मानिस’मासँगै काम गरेका थिए।

५० दिनको छायांकन तालिका राखिएको यो फिल्म नेपालका अलवा भारतमा पनि खिचिने छ। दसैं अघि निर्माण टिम भारतमा फिल्मको लोकेसन हेर्न पुगेका थिए। काठमाडौं, लुक्ला र भारतको लद्दाखमा छायांकन गरिने यो फिल्ममा जसिता गुरुङ र आँचल शर्माको पनि मुख्य भुमिका रहनेछ। सरोज न्यौपानेले निर्माण गर्न लागेको यो फिल्मको बजेट निकै हाइ हुने बुझिएको छ। यो फिल्म अनन्या फिल्म्स र भण्डारी मल्टी ट्रेडको ब्यानरमा निर्माण गर्न लागेको हो।

Leave A Reply

Your email address will not be published.