सुचना, समाचार र मनोरन्जन
Sarangi

‘पूर्णबहादुरको सारंगी’ जुम्लाको स्याउ जस्तै रसिलो छ : निर्देशक पौडेल

काठमाडौं :

बिहिबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्णबहादुरको सारंगी’को काठमाडौंमा पत्रकार सम्मेलन भएको छ। लक्ष्मीपूजाको अवसर पारेर देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्मको निर्माण टिमले पत्रकार सम्मेलन गरेको हो।

निर्माण टिमले पत्रकार सम्मेलनमा फिल्मको बारेमा जानकारी दिएका छन्। फिल्मका निर्देशक सरोज पौडेलले फिल्म जुम्लाको स्याउ जस्तै रहेको बताए।
उनले भने,‘पूर्णबहादुरको सारंगी जुम्लाको स्याउ जस्तै हो, जसको महत्व यतिबेला चाडपर्वमा धेरै छ।’

दसैंको समयमा नेपालभर बिक्री भएको जुम्लाको स्याउ जस्तै आफ्नो फिल्मलाई दर्शकले मन पराउने निर्देशक पौडेलको भनाई छ। उनी भन्छन, ‘हामीले जुम्लाको स्याउ बनाएर पूर्णबहादुरको सारंगीलाई ल्याएका छौं।’

विशुद्ध परिवारको कथामा निर्माण भएको यो फिल्ममा दर्शकले एक पिता जसले आफ्नो सन्तानको लागि सपना देख्छ र संघर्ष गर्छ भन्ने भावलाई प्रष्ट पार्ने छन्। भावुक हुँदै उनले भने,‘जसको बुवा हुनुहुन्छ उहाँको सम्मान र जसको हुनुहुन्न, उहाँहरुको सम्झनामा समर्पित गर्दैछौं।’

नेपालमा पछिल्लो समयका पुस्ताले साराङ्गी बजाउन छाडेका छन्। पुस्ता हस्तान्तरण नहुँदा यो पेशा पनि संकटमा परेको देखिन्छ।
निर्देशक पौडेलले भने अलिक फरक ढंगले फिल्मबारे प्रष्ट पार्न खोजे। उनले भने,‘हाम्रो र सबैका लागि सारंगी प्रिय मौलिक बाजा हो। एक महिनाअघि मेरो आफ्नै बुवाको डेथ भएको थियो, बुवा विनाको जुन भावना ममा थियो। मैले फिल्ममा यो भावना मिश्रण गरेको छु ।’

यस फिल्मका मुख्य अभिनेता विजय बराल यस फिल्ममा बुबाको भुमिका निवार्ह गर्दैछन्। उनको छोराको भ्मिकामा प्रकाश सपुत रहेका छन्। फिल्ममा विजय र प्रकाश बाबुछोराको भुमिकामा देखिदैछन्। उनी
फिल्मको पोस्टर,टिजर र गीतले चर्चा पाइरहेको यस फिल्मलाई लिएर अभिनेता बराल निकै उत्साहित रहेका छन्। अभिनेत्री अञ्जना बराइली पनि फिल्मलाई लिएर निकै प्रमोसनमा खटिएकी छन्। उनी फिल्ममा विजयको अपोजिट पात्रका रुपमा रहेकी छन्। हालै यो फिल्ममा समावेश गीत ‘रैया चाँदीको’ चर्चामा रहेको छ। जसमा विजय र अञ्जनाको केमेस्ट्रीको चर्चा भइरहेको छ।
यस फिल्ममा विजय,अन्जना र प्रकाशका अलवा मुकुन भुसालको पनि मुख्य भुमिका रहेको छ। फिल्ममा लगानी
निर्माता प्याट्रिक सुवेदी,विनोद पौडेल लगायतले गरेका छन्। निर्माता सुवेदीले विदेशमा पनि फिल्मको राम्रो चर्चा रहेको सुनाए। उनले यो फिल्म नेपालमा रिलिज भएको एक सातापछि विदेशमा प्रदर्शन गर्ने जानकारी दिए।

अर्का निर्माता विनोद पौडेलले फिल्मको एक लाइन शब्दले आफुलाई तानेको हुनाले फिल्ममा लगानी गरेको बताए। उनले भने, ‘बाउले छोरालाई पढाउन गर्ने संघर्षको कथा यसमा छ।’

Leave A Reply

Your email address will not be published.