Trending
- कम्युनिस्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ : अध्यक्ष नेपाल
- निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधी
- हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणमा ‘डोरी’ निर्माण हुने
- भक्तपुरका नेवार समुदायले आज म्हः पूजा, भोलि भाइटीका मनाउँदै
- सगरमाथा क्षेत्रमा लडेर घाइते जापानी नागरिकको उद्धार
- गैरकानुनी रुपमा सवारी कर उठाएको भन्दै रोक्न गृह मन्त्रालयकाे निर्देशन
- प्रतिभा पहिचानका लागि मेला महोत्सव
- ‘स्थायी बासस्थानको आशामा बित्यो बाढीपहिरो पीडितको एक महिना’
- लक्ष्मीपूजामा विद्युत्को माग एक हजार ६०२ मेगावाट
- पालिका विकासका लागि प्रसंसनीय खोज तालिम संचालन हुने
फिल्म ‘जेरी अन टप’को बगलामुखी मन्दिरमा स्कृप्ट र क्यामेरा पूजा गर्दै फ्लोरमा
काठमाडौं :
अनन्या फिल्मस् को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘जेरी अन टप’को छायांकन प्रारम्भ भएको छ। सोमबार पाटनस्थित बगलामुखी मन्दिरमा स्कृप्ट र क्यामेरा पूजा गर्दै निर्माण टिम फ्लोरमा निस्केको हो।
अनमोल केसीको प्रमुख अभिनय रहने फिल्ममा उनका पिता भुवन केसीले रिलमा पनि अनमोलको बुवाकै भुमिका निभाउँदैछन् । बाल कलाकार रहँदा एउटै फिल्ममा देखिएका केसी बाबुछोरा पहिलो पटक एकसाथ स्कृनमा देखिन लागेका हुन्। जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे ‘माग्नेबुढा’, विपना थापा, निर्मल शर्मा, सुरक्षा पन्त, संगिता मगर र सुष्मा निरौंला फिल्मको प्रमुख अभिनयमा रहनेछन्।
प्रेमकथामा रुचाइएका अनमोल र कमेडी किङ ‘माग्नेबुढा’को केमिस्ट्रीले दर्शकलाई छायांकन पहिले नै कौतुहलता जगाएको छ। कार्यक्रममा बोल्दै अभिनेता अनमोल केसीले आफुलाई सधैं राम्रो फिल्म गर्ने भोक रहेको भन्दै जेरीको कथावस्तुले आफू लोभिएको बताए । निर्माता न्यौपानेले ३ वर्षको मेहनतपछि फिल्म फ्लोरमा गएको भन्दै उत्कृष्ट बनाउन कुनै कसूर बाँकी नराख्ने बताए ।
६० दिनको सेड्यूल लिएर फ्लोरमा निस्केको अनन्या फिल्मस् ले काठमाडौं, लुक्ला र भारतको लद्धाकलाई छायांकन स्थल तय गरेको छ । यो फिल्मलाई रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण अधिकार लिएका छन्। फिल्ममा किरण थापाको कोरियोग्राफी र विर्जेश श्रेष्ठको संगीत रहनेछ। सरोज न्यौपानेको निर्माणमा बन्न लागेको फिल्मको लगानीमा न्यौपानेलाई दिपक भण्डारी, रोबिन सेरचन, रामकृष्ण श्रेष्ठले साझेदारी गरेका छन्।
कार्यकारी निर्मातामा इश्वर श्रेष्ठ र अनिरुद्र गिरी छन् भने ओमप्रकाश अग्रवाल र विवेक थापा एसोसिएट निर्माता छन्। सुयोग गुरुङको निर्देशन रहने फिल्मको कथा हेमराज बिसीको हो । यो फिल्ममा विश्व तिमिल्सिनाको पटकथा रहनेछ । रीतसिंह बोहरा मुख्य सहायक निर्देशक छन्। उज्जल जोशीको छायांकन रहने फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन रहनेछ ।