काठमाडौं :
पाँचौं संस्करणको ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड–२०२४’ फारम खुला गरिएको छ। पाँच वर्षदेखि नियमित रुपमा हुँदै आएको यो अवार्डका लागि फारम खुलेको हो। आयोजक संस्था स्टार इन्टरटेनमेन्ट यसै क्रममा नेपाल म्युजिक एण्ड फेसन अवार्ड–२०२४ को फारम खुला गरिएको जानकारी दिदै अवार्डको लागि फारम भर्न अनुरोध गरेको छ।
यो अवार्ड थाईल्यान्डको राजधानी बैंककमा गरिने आयोजक संस्थाकी अध्यक्ष पुजा निरौलाले जानकारी दिएकी छन्। उनका अनुसार नेपाली गीत संगीत र पहिरनलाई प्रोत्साहन गर्ने उद्देश्यले यो अवार्ड आयोजना गरिएको हो। अवार्डमा गीत संगीततर्फ आधुनिक, गजल, पप, लोकपप, लोक, लोकदोहोरी, चलचित्र, राष्ट्रिय भाव, चाड पर्व, भाषाभाषी, भेग विशेष र भजन गीतहरुले भाग लिन पाउने छन्।
गीतसँगै म्युजिक भिडियोको टिमले पनि भाग लिने पाउने छन् । कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलले अवार्ड समारोहमा विभिन्न सम्मान पनि गरिने बताए। उनले संगीत, मोडलिङ र फेशनमा आजीवन योगदान दिएकाहरुलाई ‘आजीवन योगदान सम्मान’ र विशेष सम्मान प्रदान गरिनेछ ।
फेसनतर्फ कोरियोग्राफर, र्याम्प मोडल, पेजेन्ट मोडल, विज्ञापन मोडल, फेसन डिजाइनर, फेसन मेकअप, फेसन हेयर, इभेन्ट म्यानेजर, इभेन्ट म्यानेजमेन्ट कम्पनी, पेजेन्ट डिजाइनर, इभेन्ट कोअर्डिनेटर, इभेन्ट होस्ट, अन्तराष्टिय ब्युटिपेजेन्ट उपाधि विजेता, राष्टिय व्युटिपेजेन्ट उपाधि विजेता, फेसन आईकन, फेसन तथा ब्युटीपेजेन्ट फोटो ग्राफर, उत्कृष्ट फेसन शो तथा व्युटिपेजेन्ट, फेसन डिजाइनिङ इन्टिच्युट, इन्टनेशलन पेजेन्ट डिरेक्टर विधामा प्रतिस्पर्धा हुनेछ।
यो अवार्डकी संयोजक सरिता भारती हुन्। उनले अनलाईनबाट पनि अवार्डको लागि फरम भर्न सकिने बताईन्। यो अवार्डमा सहभागी हुन चाहनेहरुका लागि यहि मंसिर मसान्तसम्म फारम भरिसक्नुपर्ने छ।