पोखरा/
पोखरा–७, मासबारस्थित डिज्नील्याण्ड एकेडेमीको १८औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।
शनिबार पोखरा सभागृहमा आयोजित उक्त समारोह उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले समय र परिवेशसँगै शिक्षा नीति तथा कार्यक्रम पनि परिवर्तन हुँदै गएको आजको परिवेशमा शिक्षकले शिक्षण गर्ने तरिका बदल्नुपर्नेमा जोड दिनुभयो ।
आजका विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराउन सक्षम हुने शिक्षा प्रदान गर्न आवश्यक रहेको आचार्यले स्पष्ट पार्नुभयो ।
सामुदायिक र निजी विद्यालयमा शिक्षक योग्यता उस्तैउस्तै, शिक्षण क्रियाकलाप उस्तैउस्तै भए पनि निजी विद्यालयले आफ्नो शैक्षिक स्तर बढाउन सकेको भन्दै भन्दै उहाँले सामुदायिक विद्यालयले पनि यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो।व्यावहारिक शिक्षामा जोड दिँदै जीवनलाई समृद्धि बनाउन पठनपाठन अलावा अतिरिक्त क्रियाकलापतर्फ पनि ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो। पछिल्लो समय अभिभावकमा मोबाइले लत बस्दा त्यसको प्रत्यक्ष असर बालबच्चामा परेको भन्दै आचार्यले लगनशील भएर अध्ययनमा जुट्न समेत आचर्यले विद्यार्थीलाई सुझाव दिनुभयो ।
वरिष्ठ लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले आफूले विद्यालयमा पढ्दा हरेक पढाईलाई गीतमा ढालेर पढ्ने गरेको र ती गीत अझै पनि ताजा भएको सुनाउनु भयो ।
पोखरा ७ का वडाअध्यक्ष राममोहन आचार्यले वडा नंं. ७ माध्यमिक शिक्षाको केन्द्रविन्दु भएको बताउदै शैक्षिक संस्थाहरु संग वडा हातेमालो गर्न सधै तयार रहेको बताउनु भयो ।
प्याब्सन केन्द्रीय उपाध्यक्ष कृष्ण केसीले डिज्नील्याण्डले गरेको प्रगति जिल्लाकै नमुना भएको भनाइ राख्दै त्यसलाई बचाइराख्न शुभेक्षा व्यक्त गर्नुभयो । प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेलले व्यावहारिक शिक्षाबाट मात्रै जीवनयापन गर्न सकिने धारणा राख्नुभयो।अभिभावकको तर्फबाट सन्जय सुवेदीले शुभकामना मन्तव्य दिनुभएको थियो।
कार्यक्रममा २०८० सालको एसइईमा जिपिए ४ ल्याउने स्मृति लम्साल,सृष्टी भण्डारी र सृष्टिना पौडेललाई डिज्नी रत्न सम्मान अन्तरगत गोल्ड मेडल (स्वर्ण पदक), नगद रु. २५ हजार सहित सम्मान गरियो । साथै कक्षा ८ को आधारभूत तह परिक्षामा जिपिए ४ ल्याउने प्रज्वल पराजुलीलाई सहित चारै जना विद्यार्थीका अभिभावकलाई पनि सम्मान गरिएको थियो ।त्यस्तै, ४ जिपिए ल्याउन सहयोग पु¥याउने विषय शिक्षकहरु प्रेम गिरी, शर्मिला घले, दीपक पोखरेल, दीपेश बराल, हरि शर्मा र अभिशेक कुँवरलाई पनि सम्मानित हुनुभएको थियो ।
१० वर्ष कार्यरत् शिक्षक–कर्मचारीतर्फ जमुना भट्टराई, गीता चौधरी र शोभा अधिकारी, ७५ वर्षमाथिमा १५ जना ज्येष्ठ अभिभावक तथा इञ्जिनियर अध्यन पश्चात् स्वोदेशमै कर्यरत ३ जना पूर्व विद्यार्थीलाई पनि सम्मान गरिएको थियो।
चित्रकला, बिज्ञान प्रदर्शनि समेत राखिएको सो
कार्यक्रममा कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुति राख्नुका साथै, भजन मण्डलीको प्रस्तुति , झ्याउरे गीत, लाइभ गीत संगीत पनि प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष विश्वेश्वर पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वगत निर्देशक मित्र बन्धु बराल , विधार्थीको तर्फबाट आस्था पौडेल , विद्यालयको प्रगति विवरण सहित भावी कार्य योजना प्रस्तुत प्राचार्य नरेश प्रसाद बराल गर्नुभएको थियो भने कार्यक्रम संचालन शिक्षक प्रेम गिरी, अनुशा शर्मा र सुशील नेपालीले गर्नु भएको थियो ।