सुचना, समाचार र मनोरन्जन

सवारी दुर्घटनामा परेकी कलाकार कोपिला थापाको लागि अमेरिकामा आर्थिक सहयोग जुट्दै

भारतमा सवारी दुर्घटनामा परेर लामो समयदेखि उपचार गराइरहेकी कलाकार कोपिला थापाको उपचारमा सहयोग पुर्याउने उदेश्यले अमेरिकामा रहेका कलाकारहरुले आर्थिक सहयोग जुटाएका छन् ।

Chaka Panja

सञ्चारकर्मी तथा निर्देशक सुरेश दर्पण पोखरेलको संयोजकत्वमा अमेरिकामा रहेका कलाकर्मीहरूबाट संकलित रकम १ लाख ७४ हजार २ सय १७ रुपैयाँ सोमवार कलाकार थापालाई हस्तान्तरण गरिएको छ । अभिनेता गणेश उप्रेती तथा निर्देशक महेन्द्र बुढ़ाथोकीले कलाकार थापाकै निवासमा पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन् । कलाकारहरु शुशांक मैनाली, सुरेश दर्पण पोखरेल, मेलिना मानन्धर, टंक लम्साल, सुधांशु जोशी, अरुणिमा लम्साल, अरुणा कार्की, रामेश्वर कार्की, दिनेश कार्की, बद्री लामिछाने, जीवन लुर्ईटेल, कृष्ण मुरारी ढुंगेल, नविन जनकर्मी, मुकेश आचार्य, राजु बजाज, अशोक श्रेष्ठ, ध्रुव वन्त, गणेश उप्रेती तथा महेन्द्र बुणथोकीबाट उक्त रकम संकलन गरिएको हो । संयोजक पोखरेलले कलाकारको कलाकार थापाको उपचारमा सहयोग राशी उपलब्ध गराउने सबै कलाकारहरुलाई हृदयदेखि आभार प्रकट गरेका छन् ।

Leave A Reply

Your email address will not be published.