पोखरा/
चरक मेमोरियल हस्पिटलले आफ्नो १२औं वार्षिकोत्सवको अवसरमा मङ्सिर २१ गते (शुक्रबार) निःशुल्क मुटु जाँच शिविर आयोजना गर्ने भएको छ।
शिविरले सर्वसाधारणलाई विशेषज्ञ चिकित्सकहरूको टोलीसङ्ग मुटुको स्वास्थ्य जाँच गर्ने अवसर प्रदान गर्दै मुटुको स्वस्थको बारेमा जनचेतनाको विकास गर्ने उद्देश्य राखेको छ।
शिबिरमा निःशुल्क OPD र ECG सेवा, ECHO परीक्षणमा ५०% छुट, ल्याब परीक्षणमा ३०% छुटको ब्यबस्था छ ।
शिविर शुक्रवार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने शिविरमा नेपालका प्रख्यात मुटुरोग विशेषज्ञहरू डा. सूर्य देवकोटा (वरिष्ठ मन्दिरोग विशेषज्ञ), डा. अनिल भट्टराई (वरिष्ठ मुटु शल्य चिकित्सक), डा. एस. के. जैसवाल (वरिष्ठ मुटुरोग विशेषज्ञ), डा. अभिनभ प्रधान (मुटुरोग विशेषज्ञ) लगायतले सेवा प्रदान गर्नेछन् ।
शिविरले पोखरा र आसपासका क्षेत्रका मानिसहरूलाई मुटु सम्बन्धी रोगहरूको सुरुवाती अवस्था पत्ता लगाउन तथा समयमै आवश्यक उपचार गराउन विशेष भूमिका खेल्नेछ।
हस्पिटलका प्रबन्ध निर्देशक कपिल पोख्रेलले बताएअनुसार, “यो शिविर केवल स्वास्थ्य जाँचका लागि मात्र नभएर जनचेतना अभिवृद्धि गर्ने एउटा सशक्त माध्यम हो। हामीले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं। हस्पिटलको सेवा गुणस्तरमा कुनै सम्झौता नगरी, जनताको स्वास्थ्य सुरक्षाका लागि हरसम्भव प्रयास गरिनेछ।”
चरक मेमोरियल हस्पिटलले विगत १२ वर्षदेखि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ। हस्पिटलले यस कार्यक्रमलाई एउटा महत्वपूर्ण प्रयासको रूपमा लिएको छ, जसले समुदायमा स्वास्थ्यप्रति सकारात्मक सोचको विकास गर्नेछ।