सुचना, समाचार र मनोरन्जन

प्रतिनिधिसभा बैठकमा उठ्यो फिल्ममा हुने ‘सेन्सरसिप’को कुरा,कला बुझेको सदस्य नियुक्त गर्न सुझाव

काठमाडौं :

फिल्म ‘राजागञ्ज’मा केन्दीय जाँचपास समिति (सेन्सर बोर्ड)ले प्रधानमन्त्री लगायत नराख्न आग्रह गरेपछि फिल्मकर्मी बोर्डप्रति आक्रोशित बनेका छन्। यसैबीच आइतबार प्रतिनिधिसभा बैठकमा पनि फिल्ममा हुने ‘सेन्सरसिप’को कुरा उठेको छ। आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले कला बुझेको मान्छेलाई केन्द्रीय चलचित्र जाँच समितिमा नियुक्त गर्न आग्रह गरे।

उनले भने,‘सम्मानीय सभामुख महोदय, राजा भन्ने शब्द सुन्ने वित्तिकै सरकारलाई डर लाग्छ कि के हो,जेमा पनि सेन्सर लगाइदिन्छ। यस्तै सेन्सर लगाउने काम गरेको चलचित्र ‘राजागंज’लाई। संविधान सभाबाट बाहिरिने दलहरूलाई ‘रुखबाट झरेका केही आँप’को संज्ञा दिएका थिए नेकपा एमाले अध्यक्षले सार्वजनिकरुपमा।’

उक्त भाषणको दृश्य फिल्मभित्र समेटेकोमा आपत्ति जनाउँदै सेन्सर बोर्डले उक्त दृश्य संवाद काटेर मात्र ‘राजागञ्ज’लाई प्रदर्शन अनुमति दिएको बताए।

उनले थपे,‘चलचित्र रिलिजको मुखमा अनावश्यक काँटछाँट गर्न लाउने प्रवृत्ति अहिले सेन्सर बोर्डमा देखिएको छ, जसको शिकार पछिल्लो समय ‘लाज शरणम्’, ‘राजागंज’ लगायतका चलचित्र रहेका छन् । चलचित्र समाजको ऐना हो, त्यही समाजका कुरा चलचित्रमार्फत व्यक्त गर्दा सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने काम गरिरहेको छ। सेन्सर बोर्डमा राजनीतिक नियुक्ति पाएका ती सबै सदस्यहरूलाई पदमुक्त गरी चलचित्र कला बुझेका मान्छे नियुक्ति गर्न म सरकारसँग माग गर्दछु र यसरी फिल्मको सेन्सर गरि अनावश्यक कैंची चलाउँदा सरकारको आयु पनि त्यही कैंचीले काटिएला होस गर्न पनि आग्रह गर्दछु र चलचित्रकर्मीहरूको सेन्सरसिपविरुद्धको आन्दोलनमा ऐक्यबद्धता पनि जनाउन चाहन्छु ।’

यसअघि फिल्म निर्देशक दीपकराज गिरी,नविन सुब्बा,मनोज पण्डित,उपेन्द्र सुब्बा,दीपेन्द्र लामा लगायतले सेन्सरबोर्डप्रति आक्रोश पोखेका थिए।

Leave A Reply

Your email address will not be published.