सुचना, समाचार र मनोरन्जन

दीपक लम्सालको लगानी ‘हे माया’ बन्ने, जुनिमले निर्देशन गर्ने

काठमाडौं :

दीपक लम्सालको लगानीमा फिल्म ‘हे माया’ निर्माण हुने भएको छ। निर्माण टिमले आगामी जेठबाट सिनेमाको छायांकन तयारी गर्ने सहित निर्माण घोषणा गरेको हो। अहिलेसम्म कलाकार को रहने भन्ने बारेमा भने निर्माण टिमले उल्लेख गरेका छैनन्। उनीहरुका अनुसार फिल्ममा नाम चलेका कलाकारहरुको नै अभिनय रहने छ।

Chaka Panja

लामो समयदेखि भारतको मुम्बईमा बसेर बलिउड र दक्षिण भारतीय सिनेमाको नेपाल रिलिजको चाँजोपाजो मिलाउँदै आइरहेका निर्माता लम्सालले नेपाली फिल्ममा पनि हात हाल्ल लागेका हुन्। रियल इन्टरटेनमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने सिनेमालाई जुनिम गहतराजले निर्देशन गर्ने भएका छन्।

उनले निर्माण तथा निर्देशन गरेको सिनेमा ‘ताण्डवम्’ हालै प्रदर्शनमा आएको थियो। ‘ताण्डवम्’मा जुनिमको निर्देशकिय क्षमता हेरेर नै आफ्नो सिनेमा निर्देशनमा जिम्मेवारी सुम्पेको निर्माता लम्सालले बताए। फिल्मको पटकथा तथा संवाद चक्रपाणी सांखीले लेखिरहेका छन्। नेपाली नयाँ वर्ष सुरु भएसँगै फिल्मको कास्ट एण्ड क्रिउ सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ।

Leave A Reply

Your email address will not be published.