सुचना, समाचार र मनोरन्जन

पचास शय्याको बेनी अस्पताल भवन निर्माणको अन्तिम चरणमा

 

म्याग्दी : बेनीस्थित प्रदेश अस्पतालको ५० शय्या क्षमताको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

 

एक १८ करोड ८४ लाख आठ हजार ८९ को लागतमा निर्माणाधीन भवनको ९५ प्रतिशत काम सम्पन्न भएको छ ।

 

भवनको रङरोगनको काम पनि अन्तिम चरणमा पुगेको छ । भवनदेखि बाहिर पाँचसय मिटर रिङरोड कालोपत्र काम मात्र बाँकी छ । चार हजार नौ सय ६३ वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको चारतले तीन वटा भवनको भित्री भागमा  झ्यालढोका र टायल राख्ने काम धमाधम भइरहेको छ ।

 

विसं २०७२ मा सरकारले बेनी अस्पताललाई १५ बाट ५० शय्यामा स्तरोन्नति गर्ने घोषणा गरेको हो ।

Leave A Reply

Your email address will not be published.