सुचना, समाचार र मनोरन्जन

लन्डनमा स्ट्याण्डअप कमेडी गर्दै राजेश हमाल

काठामाडौँ :

अभिनेता राजेश हमाल यतिबेला लन्डनमा छन्। उनले कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा छन्। भोली २७ अप्रिल आइतबार साँझ लन्डन हयारो लिजर सेन्टरमा हुन गइरहेको ‘लाफ्टर फर लाइफ’ कार्यक्रममा हमाल र कमेडियन सन्दीप क्षेत्रीले एउटै मन्चमा स्ट्याण्डअप कमेडी प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। नेपाली फिल्म अभिनय गरेर झण्डै ३५ वर्ष बिताइसकेका अभिनेता राजेश हमालले शुक्रबार साँझ लन्डनमा आयोजित प्रेस मिटमा उनले साथीभाई हसाए जस्तो स्टाण्डअप कमेडी नहुने बताए।

उनले भने, ‘साथीभाईहरुलाई हँसाए जस्तो स्टेजमा गएर सबैलाई हँसाउनु पक्कै सहज छैन। तर, जीवनमा केही फरक गरौंन त भन्ने लागेर स्ट्याण्डअप कमेडी गर्दैछु । उत्साह पनि छ, केही डर पनि। ‘मैले राजेश दाईमा धेरै ‘सेन्स अफ ह्युमर’ देखेको छु। उहाँ अभिनयमा जति सिरियस हुनुहुन्छ, हँसाउन त्यत्तिकै खप्पिस भएकाले दाईसँग मेरो केमेस्ट्री मिल्यो।’

उनले हमालसँग विश्व टुर गर्ने लक्ष्यसहित सहकार्य गरेको पनि जनाए।

‘मैले सुरुमा दाइलाई यस्तो कार्यक्रम गरौँ भनेर अफर गर्दा उहाँले ह्वाइ नट तर कमेडीका लागि तयारी गर्न त केही समय चाहिन्छ के कस्तो हुन्छ भनेर सोध्नुभयो’, क्षेत्रीले सुनाए, ‘मैले समय बताएपछि झण्डै ४ महिनादेखि हामी यसमा लाग्यौं । नाउ वी आर रेडी टु परफर्म।’

राजेश सन्दीपकै स्टेजमा गायक नवीन के भट्टराई र उनको ब्यान्ड ‘अतृप्त’ का सदस्यहरु पनि लाइभ म्युजिकमा परफर्म गर्दैछन् । पत्रकार सम्मेलनमा नवीन केले आफूहरुले सक्दो उत्कृष्ट प्रस्तुति दिन प्रयास गर्ने बताए। उनले भने, ‘सधैं एउटै कामले दिक्क भएजस्तो लागेर बिचमा म ६९७ वर्ष ओझेल परेको थिएँ । अब फेरि हामी स्टेजमा सक्रिय भएका छौँ।’

उनले बेलायतका दर्शकहरुसँग धेरै लामो समयपछि साक्षात्कार गर्न पाउँदा उत्साहित भएको बताए । आयोजक माया इभेन्ट्सका निर्देशक राज पाण्डेले कलाकारहरुलाई स्वागत गर्दै कार्यक्रम तयारीबारे जानकारी दिएका थिए। आयोजककै तर्फबाट डा। रक्षा थापाले लिजेन्ड्री कलाकारहरुलाई निम्त्याएर कार्यक्रम गर्न पाएकोमा आफूलाई गर्व लागेको बताइन्।

‘हाँसो र गीत सङ्गीत पनि स्वास्थ्यसँग नै सम्बन्धित छ’, केयर व्यवसायमा आबद्ध थापाले भनिन्, ‘हामीले यो कार्यक्रम वेल बिइंगकै उद्देश्यले राखेका हौं।’

उनले इभेन्टमा आएर रमाइलो गर्न बेलायतवासी सबै नेपालीसमक्ष आग्रह गरिन् इभेन्ट ऐतिहासिक बनाउने तयारी भइरहेको आयोजकको दाबी छ। उल्लेखित कलाकारहरुको परफर्मेन्स लन्डन ह्यारोमा मात्र हुनेछ।

Leave A Reply

Your email address will not be published.