सुचना, समाचार र मनोरन्जन

कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौँ,

कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार बिहान ११ बजेर ५६ मिनेट जाँदा फुलिबाङ केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । विज्ञहरूले यो भूकम्पलाई मध्यम प्रकृतिको भूकम्प मानेका छन्। उनीहरूका अनुसार भूकम्पको उत्पत्तिको गहिराइ र केन्द्रविन्दुका आधारमा यसको थप अध्ययन भइरहेको छ।

साथै भूकम्पबाट सजग रहन र अनावश्यक त्रास फैलाउन अनुरोध गरिएको छ ।

Leave A Reply

Your email address will not be published.