सुचना, समाचार र मनोरन्जन

गरिमा र सौगात अभिनित फिल्म ‘जन्ते बाख्रो’को ट्रेलरलाई दर्शकको सकरात्मक प्रतिक्रिया

काठमाडौं :

दर्शकले युटुबमा रुचाईयो गरिमा र सौगात अभिनित फिल्म ‘जन्ते बाख्रो’को ट्रेलर रुचाइएको छ। दर्शकले युटबुमा अपलोड भएको छोटो समयमा नै यस फिल्मको ट्रेलरलाई रुचाएका छन्। ३ लाख भन्दा बढि ट्रेलरले युटुबमा भ्युज पाएको छ भने ९ हजार हाराहारी लाइक बटुल्ल सफल भएको छ।

त्यसै गरि फिल्ममा झण्डै ४ सय सकरात्मक कमेन्ट गरेका छन्। सन्तोष गौतमको लगानी रहेको यस फिल्ममा लभस्टोरी र कमेडीमा समिश्रण हेर्न सकिन्छ। सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको यस फिल्ममा समाजमा दुलही भित्र्याउने दिन खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ। सोही कथामा निमाृण भएको यस फिल्ममा सौगात र गरिमाका अलवा आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारको अभिनय छ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको छ। आगामी जेठ २३ गतेबाट नेपाल विदेशमा एकसाथ रिलिज गरिने सिनेमामा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको छ। टिफल्क फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ।

Leave A Reply

Your email address will not be published.