काठमाडौं :
यहि असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई अमेरिकामा रहेका नेपाली भाषीले रुचाएका छन्। केहि दिन यता अमेरिकाका विभिन्न सहरमा गरिएको विशेष शोमा फिल्मलाई मन पराइएको हो।
निर्माण पक्षका अनुसार अमेरिकाको कोलम्बस, हर्रिसबर्ग र पिट्सबर्गमा गरिएको विशेष शो गरिएको हो। जहँ फिल्म हेर्ने अधिकांश दर्शकले खुलेरै प्रसंसा गरेका छन्। सोमबार राति पिट्सबर्ग गरिएको शोमा विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति विर्सदै गएको हुँदा फिलमको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र ईतिहास दर्साउन खोजिएकोले भन्दै फिल्मको तारिफमा समय खर्चिए।
उनीहरुले फिल्म निकै सुन्दर र हरेक नेपालीभाषी हेनु पर्ने फिल्म बनेको समेत भनाई राखे। यस फिल्ममा रोशन श्रेष्ठ, विजय बराल ,विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन मन्त्री,सुवास भन्डारी,बिजय सुब्बा,बिजिता परियार,देवराज राजवंशी,भानुभक्त सिटौला लगायतका कलाकारहरुले अभिनय गरेका छन्।
नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको छ। पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको यो फिल्मलाई ज्ञान बहादुर प्रधान (रोशन)ले निर्माण गरेका हुन्।
अमेरीकामा रहेका साहित्यकार मित्र प्रधान (नुर)को निर्देशन रहेको यस फिल्ममा शिवम् अधिकारीको लेखन,सौरभ लामाको छायांकन ,देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स ,कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी,सम्पादक बनिश शाह तथा सिजिआई सत्यम् राना रहेको छ।
फिल्ममा दीपक शर्मा,विकाश चौधरी र थोरम्पो ह्यङ राईको संगीत रहेको छ । साथै दीपक शर्मा,विल्सन विक्रम राई,शंकर अधिकारी घायलको शब्द तथा खैजडी गीतमा अनिश अधिकारीले शब्द संकलन गरेका छन्।