सुचना, समाचार र मनोरन्जन

काठमाडौँ हुँदै तीन जना आतङ्ककारी प्रवेश गरेको भन्दै भारतको बिहारमा उच्च सतर्कता

काठमाडौँ,

नेपालको बाटो हुँदै तीन जना आतङ्ककारी राज्यमा प्रवेश गरेको सूचना पाएपछि बिहार प्रहरीले उच्च सतर्कता जारी गरेको भरतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानको प्रतिबन्धित आतङ्कवादी सङ्गठन जैश–ए–मोहम्मदका तीन जना नेपाल हुँदै बिहारमा प्रवेश गरेका प्रहरीलाई उद्धृत गर्दै एनडीटीभीले जनाएको छ।

तीन जना आतङ्ककारीको पहिचान रावलपिन्डीका हसनैन अली, उमरकोटका आदिल हुसेन र बहावलपुरका मोहम्मद उस्मानका रूपमा गरिएको छ । उनीहरू तीनै जना पाकिस्तानका रहेका खबरमा उल्लेख छ । यस्तै प्रहरीले उनीहरूको स्केच पनि जारी गरेको छ ।

प्रहरीले बताए अनुसार यी आतङ्ककारीहरू अगस्टको दोस्रो हप्ता नेपालको राजधानी काठमाण्डौ आइपुगेका र गएको हप्ता बिहार प्रवेश गरेका थिए । प्रहरीले उनीहरूको राहदानीको विवरण सीमावर्ती जिल्लाका अधिकारीहरूलाई पनि दिएको छ ।

यसैबीच यस वर्षको अन्त्यमा हुने विधानसभा चुनावलाई ध्यानमा राख्दै बिहारमा सुरक्षा बढाइएको छ ।

Leave A Reply

Your email address will not be published.