सुचना, समाचार र मनोरन्जन

चाडपर्व नजिकिदै गर्दा काम खोज्न भारत

हिन्दू नेपालीहरूको महान् चाड दशैँ आउन एक हप्ता मात्रै बाँकी छ । यतिबेला दशैँ मनाउनका लागि देश–विदेशबाट आफ्नो घर फर्किंदैछन् । सुदूरपश्चिममा भने दशैँको मुखमा काम खोज्दै भारत जानेहरूको लर्को छ ।

विगतमा यस बेलासम्म रोजगारीका लागि भारतमा रहेका नेपालीहरू यहाँको गड्डाचौकी नाका भएर घर फर्किने क्रम बढिसकेको हुन्थ्यो । दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ । हाल यस नाकाबाट स्वदेश आउनेभन्दा काम खोज्दै भारत जानेको सङ्ख्या बढी छ । चाडपर्वका बेला विद्यालयमा लामो बिदा हुने भएकाले अभिभावकसँगै बालबालिका पनि भारत गइरहेका देखिन्छन् ।

गरिबीका कारण परिवार पाल्न मुस्किल भएपछि चाडपर्वको मुखमा सुदूरपश्चिमका नाका भएर दैनिक सयौँ नेपाली रोजगारीका लागि भारत जाने गरेका छन् । कैलालीको बौनियाका कृष्ण सेरलाले विद्यालयको बिदाको समय सदुपयोग गर्न भारत जान लागेको बताउनुभयो । ‘बुबाआमा भारतमै रोजगारी गर्नुहुन्छ, विद्यालय बिदा भएपछि म पनि उतै जान लागेको हुँ’, उहाँले भन्नुभयो ।

भारत सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसहरूका लागि रोजगारी प्रमुख गन्तव्य हो ।

Leave A Reply

Your email address will not be published.