सुचना, समाचार र मनोरन्जन

विजय देवरेकाण्डा सवार कार दुर्घटनामा, टाउकोमा लाग्यो चोट

हैदराबाद :

टोलिउड अभिनेता विजय देवरेकाण्डा सोमबार साँझ कार दुर्घटनामा परेका छन्। उक्त दुर्घटना तेलङ्गानाको जोगुलाम्बा गडवाल जिल्लाको ऊन्दावल्लि क्षेत्र नजिक भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विजय सवार कार अर्को गाडीसँग ठोक्किँदा दुर्घटना भएको बताइएको छ। सुदैवी रूपमा कुनै ठूलो क्षति नभए पनि विजयको टाउकोमा सानो चोट लागेको उल्लेख गरिएको छ। दुर्घटनापछि उनलाई तुरुन्तै नजिकैको स्वास्थ्य केन्द्रमा सामान्य उपचारका लागि लगिएको थियो।

Chaka Panja

विजयले आफ्नो सामाजिक सञ्जालमार्फत दुर्घटनापछि सबै सुरक्षित रहेको जानकारी दिएका छन्। उनले लेखेका छन्,‘सबै ठिक छ। टाउको केही दुखिरहेको छ, तर गम्भीर केही छैन। तपाईंहरूको माया र चिन्ताका लागि धन्यवाद।’

तेलङ्गाना प्रहरीले उक्त दुर्घटनाको पुष्टि गर्दै दुर्घटनामा कुनै ठूलो मानवीय क्षति नभएको जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार चालकको ध्यान विचलित हुँदा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

विजय देवरेकाण्डा हाल आफ्नो आगामी फिल्म ‘ ‘VD 13’ कार्य शीर्षक को तयारीमा छन्। पछिल्लो समय उनी ‘खुशी’ र ‘लाइगर’ जस्ता फिल्मका कारण चर्चा मा रहेका थिए।

स्रोत: Times of India, India Today, Hindustan Times

Leave A Reply

Your email address will not be published.