सुचना, समाचार र मनोरन्जन

सामाजिक सञ्जालमा प्रहरीविरुद्ध जथाभाबी लेख्ने पक्राउ

स्याङ्जा,

सामाजिक सञ्जाल फेसबुकमार्फत स्याङ्जावासी र स्याङ्जा प्रहरीविरुद्ध अनर्गल, झुटो र कपोलकल्पित सामग्रीहरू पोस्ट गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

Chaka Panja

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पुष्पक नामको फेसबुक पेज सञ्चालन गरी फोटोसहित आपत्तिजनक विवरण पोस्ट गर्ने पुष्पक थापालाई पक्राउ गरिएको हो। ३३ वर्षीय थापा कास्कीको पोखरा महानगरपालिका वडा नं. ९ को बासिन्दा रहेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक कमल नेपालीले थापालाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको बताए।

Leave A Reply

Your email address will not be published.