सुचना, समाचार र मनोरन्जन

‘चाँदनी बार रिटर्न्स’ शीर्षक विवादमा, निर्देशक मधुर भन्डार्करले दायर गरे उजुरी

मुम्बई :

 निर्देशक मधुर भन्डार्करले नयाँ फिल्म ‘चाँदनी बार रिटर्न्स’ को शीर्षक प्रयोगप्रति आपत्ति जनाउँदै आधिकारिक उजुरी दायर गरेका छन्। उनले आफ्नै सुपरहिट फिल्म ‘चाँदनी बार’ (सन् २००१) को नाम अनुमति बिना प्रयोग गरिएको भन्दै कानुनी कदम चालेका हुन्।

भन्डार्करका अनुसार ‘चाँदनी बार’ शीर्षक उनको बौद्धिक सम्पत्ति हो र त्यसको प्रयोग गर्नुअघि निर्माताले अनुमति लिनुपर्ने बाध्यता छ। उनले चलचित्र निर्माताहरूको संगठन (IMPPA) सँग पनि औपचारिक गुनासो दर्ता गराएका छन्।

भन्डार्करले भनेका छन्,‘चाँदनी बार’ मेरो जीवनको महत्वपूर्ण परियोजना हो। यसले समाजका अन्धकार पक्ष देखाएको थियो। त्यसको नाम बिना अनुमति प्रयोग गर्नु मेरो सिर्जनाको उल्लङ्घन हो।’

तर ‘चाँदनी बार रिटर्न्स’ का निर्माताहरूले भने आफूहरू कानुनी रूपमा सुरक्षित रहेको दाबी गरेका छन्। उनीहरूका अनुसार शीर्षक प्रयोग गर्न आवश्यक अधिकार प्राप्त गरिएको छ।

सन् २००१ मा रिलिज भएको ‘चाँदनी बार’ मा अभिनेत्री तब्बु र अभिनेता अतुल कुलकर्णीले मुख्य भूमिका निर्वाह गरेका थिए। बार कल्चरमा आधारित उक्त फिल्मले चारवटा राष्ट्रिय पुरस्कार जित्दै बलिउडमा सामाजिक यथार्थ चित्रणको उत्कृष्ट उदाहरण बनेको थियो।

फिल्म ‘चाँदनी बार रिटर्न्स’ को घोषणा भएपछि सुरु भएको यो विवादले बलिउडमा बौद्धिक सम्पत्ति अधिकारको विषयमा पुनः बहस चलाएको छ।

Leave A Reply

Your email address will not be published.