
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- १० दिनमा दुई करोड नजिक ‘बाः एक योद्धा’को कलेक्सन, ६५ हजार बढीले हेरे
- प्रदीप र सनिशाको जोडी ‘शुभ विवाह’मा,४० दिनमा सकियो सुटिङ,फागुन २१ गते रिलिज
- पुष्प र प्रशंसाको ‘सिन्दूर’ मा अब विपिन कार्की र निरुता सिंह पनि
- प्रधानमन्त्री शाह–आङदेम्बे भेटः बाढीपीडित राहतदेखि संसद् उपस्थितिसम्मको माग उठ्यो
- ‘कबड्डी ५’ को नयाँ गीत ‘थाक खोला’ सार्वजनिक, भिडियोमा दयाहाङको तीन अभिनेत्रीसँग नोकझोक
- आईआईएफटी स्पपेस एन्ड डिजाईन प्रतिस्पर्धामा रुची, दिपेश, विवेक र एन्जल उत्कृष्ट
- नेपाली कांग्रेसको महाधिवेशनमा चार प्रतिवेदन पेस
- जम्बीको कथामा ‘टनेल २६’, अनुप भन्छन् : दर्शकलाई फरक स्वाद मिल्छ
- ‘बाहुबली’ र ‘आरआरआर’का वितरकले भारतमा प्रदर्शन गर्ने भए नेपाली चलचित्र ‘हिमालयन गोल्ड’
- प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान
पोखराका किसानलाई अनुदानमा आलु, गहुँ र तोरीको बीउ वितरण
गण्डकी,
पोखरा महानगरपालिकाले हिउँदेखेती प्रवद्र्धन कार्यक्रम अन्तर्गत महानगरभित्रका किसानलाई आलु, गहुँ र तोरीको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरेको छ ।
महानगरपालिकाले यहाँका किसानलाई २७ हजार किलोग्राम आलुको बीउ वितरण गरेको कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिनुुभयो।
उक्त बीउबाट महानगर क्षेत्रभित्र तीन हजार रोपनी क्षेत्रफलमा आलुखेती हुने उनले जानकारी दिए । पोखराका विशेषतः हेमजा, पामे ठूलाखेत, कुँडहर फाँट, अर्मला, लेखनाथका मालमूल, बेलबुटेलगायत स्थानमा पर्याप्त मात्रामा आलुखेती गरिन्छ ।

पोखरामा आलुको उत्पादन क्षेत्र एक हजार दुई सय ५० हेक्टर रहेकामा उत्पादकत्व प्रतिहेक्टर २० मेट्रिकटन रहेको प्रमुख कडरियाले जानकारी दिनुुभयो । पोखरामा वार्षिक करिब २५ हजार मेट्रिकटन आलु उत्पादन हुनेगरेको छ ।
उहाँका अनुसार आलुको बीउ उत्पादनका लागि पनि किसानलाई अनुदान सहयोगसमेत गरिएको थियो । तिनै किसानबाट उत्पादित बीउ खरिद गरी अनुदानमा वितरण गरिएको हो ।
महानगरपालिकाले किसानलाई पाँच हजार पाँच सय किलो गहुँको बीउ तथा छ सय किलो तोरिको बीउ पनि अनुदानमा वितरण गरेको कडरियाले जानकारी दिनुुभयो । वितरण गरिएको गहुँको बीउबाट एक हजार रोपनी क्षेत्रफलमा गहुँखेती हुने तथा तोरीबाट एक हजार रोपनी क्षेत्रफलमा तोरीखेती हुने जनाइएको छ ।
Prev Post