सुचना, समाचार र मनोरन्जन

कोमागाने पार्कमा हुने २७औं सडक महोत्सवको तयारी तीव्र

पोखरा,
”सडकमै खाउँ, सडकमै नाचौ, सडकमै रमाउँ” भन्ने नाराका साथ यहीँ पौष १३ देखि १७ गतेसम्म हुन गैरहेको २७ औँ सडक महोत्सवको तयारी तिव्र पारिएको छ । रेवान पोखराको आयोजनामा पोखरा महानगरपालिका– ६ कोमागाने पार्कमा विगतका वर्षहरु जस्तै यस वर्षपनि सडक महोत्स हुन लागेको हो ।

सडक महोत्षवको उदेश्य पर्यटकीय नगर पोखराको पर्यटन पर्वद्धन, होटल तथा पर्यटन व्यवसायलाई सहयोग पुर्याउने तथा पोखरामा धेरै भन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्राउने रहेको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए ।

अंग्रजी नयाँ वर्षको अवसर पारी विगत २६ वर्षदेखि आयोजना गरिदै आएको सडक महोत्सवको मुख्य विशेषता साँस्कृत कार्यक्रम हुन । यसवर्षपनि युवा पुस्ताबीच लोकप्रीय रहेका चर्चित कलाकारहरुले सडक महोत्सवलाई सोभायमान बनाउनेछन । जसअन्र्तगत नेपथ्य एक्स रियुनियन स्पेशलमा गायक रविन श्रेष्ठ “आँगनैभरी”, “छेक्यो छेक्यो” र गौतम गुरुङ (जोमसोमै बजारमा”, “गण्डकीको तीरैमा”, लेकाली व्याण्डबाट भाइ गुरुङ (पहिलो नजर, कहाँबाट सुरु), नविन गुरुङ (यो मुटुमा, सपनीमा), देउराली व्याण्डका शान्तराज बज्राचार्य (ढूंगे साँघुको मेलैमा, लुकी चोरी), डिमार्च भास्करध्वज श्रेष्ठ (झ्याम झ्याम, तारा खस्यौली, कैलाशमा), केहर लिम्वु (झ्यालैमा, कता छौ मेरो फूल), स्वप्न स्वरुप(कसरी भनु तिमिलाई, जे छौ तिमि, उज्जन शाक्य (वेवी वेवी रे) कार्टन क्रु आश्मा विश्वकर्मा (वि गर्ल स्काई÷सरोज अधिकारी, टुकी र्यापर (कस्तो छ तिमिलाई, सम्झना), सन्तोष बस्याल (रेशम फिरिरी, ढाटयो मायाले) लगायत प्रस्तुति रहनेछन ।
त्यस्तै चर्चित लोक दोहोरी गायक पुरुषोत्तम न्यौपाने (झील झील सितारा, ढुंगे धारामा, देउरालीमा धजा), जीवन दाहाल (पोखरामा घाम, जाम त भने), चोलेन्द्र पौडेल पानी मुनी मुनी लगायत सांस्कृतिक प्रस्तुतीको आन्नद लिन सकिनेछ ।

महोत्सवमा सह आयोजकको रुपमा प्रोटोन इमास सेभेन, राईड पार्टनरको रुपमा टिभिएस रोहिन, रेष्ट्रुरेन्ट पार्टनर सिटि स्क्वायर, एजुकेशन पार्टनर जी एण्ड के ईन्टरनेशनल एजुकेशन कन्सलटेन्ट, साउण्ड पार्टनर एस.के साउण्ड, प्रचार प्रसार संयोजक परिचय, हस्पिटल पार्टनर चरक अस्पताल तथा ईभेन्ट पार्टनर अल टेक नेपाल रहेका छन ।

पर्यटकीय सहरको सौन्दर्यता, पोखरा र आसपासका कला संस्कृति, फरकफरक खानाका स्वाद तथा नयाँ, पुराना चर्चित कलाकारहरुको साँस्कृतिक कार्यक्रम सहित पौष १३ देखि १७ सम्म पोखरा सहर गुल्जार हुने हुँदा उक्त अवसरको फाईदा उठाउन आन्तरिक तथा बाह्य पर्यटकलाई आयोजकले आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.