सुचना, समाचार र मनोरन्जन

‘लभ डायरिज’ का अभिनेता विश्वजित रिमाल च्याउ व्यवसायमा सक्रिय

काठमाडौं :

केही वर्षअघि सार्वजनिक प्रदर्शनमा आएको नेपाली चलचित्र ‘लभ डायरिज’ का अभिनेता विश्वजित रिमाल व्यवसायिक क्षेत्रमा सक्रिय बनेका छन्। उनले हाल गण्डकी प्रदेश र बागमती प्रदेशमा च्याउ उत्पादन सुरु गरेका छन्।

रिमालले गण्डकी प्रदेशमा रिमाल मशरुम इन्डष्ट्रिज र बागमती प्रदेशमा माँ दुर्गा मशरुम इन्डष्ट्रिज सञ्चालन गर्दै आएका छन्। अभिनयसँगै व्यवसायलाई समानान्तर रूपमा अघि बढाउने योजनामा रहेका रिमालले व्यापारलाई स्थापित गर्न केही समय अभिनयबाट विश्राम लिएको बताएका छन्।

‘मैले अभिनय गरेको चलचित्र लभ डायरिज रिलिज भएको पनि केही वर्ष भइसकेको छ। यस अवधिमा मैले आफ्नो व्यवसायलाई मजबुत बनाउन ध्यान दिएँ। अब फेरि अभिनयमा फर्किने योजना बनाउँदै छु,’ उनले भने।

यसैबीच, गत पौष ११ गते बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले हरेक वर्ष पौष १५ गतेलाई ‘च्याउ दिवस’ घोषणा गरेपछि उनी उत्साहित भएका छन्। सो अवसरमा च्याउ उत्पादक संघ नेपाल को आयोजनामा भोली पौष १५ गते भृकुटीमण्डपमा च्याउ मेला तथा परिकार महोत्सव २०८२ आयोजना हुँदैछ।

अभिनेता रिमाल पनि उक्त महोत्सवमा सहभागी भई आफ्ना कम्पनीबाट उत्पादन गरिएका विभिन्न प्रजातिका च्याउको प्रवर्द्धन गर्ने तयारीमा छन्। उनले काठमाडौं उपत्यकाका सम्पूर्ण च्याउ परिकार प्रेमीहरूलाई महोत्सवमा उपस्थित भई नेपाली कृषक तथा उद्यमीहरूको मेहनतलाई हौसला दिन आग्रह गरेका छन्।

Leave A Reply

Your email address will not be published.