Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- फिल्म ‘बाटुलो जून’को सुटिङ सकेर अमेरिका जान लागे अनमोल
- द भ्वाईस अफ नेपाल ४ बिजेता करण राईको ‘मैनाम’ म्युजिक फिल्म सार्वजनिक
- ‘दोलखा सिङ्गटी’ बोलको गीत युटूव च्यानल मार्फत सार्वजनिक
- हुलाकमार्फत घरमै राहदानी पाउन थालेपछि ललितपुरका सेवाग्राही खुसी
- रास्वपा महाधिवेशनः साँझ साढे ७ बजेबाट मतदान हुने
- रास्वपा महाधिवेशनमा बुधबार उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक
- काठमाडौँमा तार भूमिगत कार्य अन्तिम चरणमा: पोखरासहित देशभर ‘स्मार्ट ग्रिड’ को लक्ष्य
- २६६० अंकमा झर्यो सेयर बजार, ४ महिनाकै न्यून
- विश्वकप २०२६: समूह चरणको अन्तिम खेल आज, स्विट्जरल्यान्ड र क्यानडा भिड्दै
- वीरगञ्ज महानगरपालिकाले ल्यायो चार अर्ब ४२ करोड बजेट
युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री
काठमाडौँ,
प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा विकसित घटनाक्रमबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक विधिप्रक्रियाबाट युवाले चाहेजस्तो देश निर्माण गर्न सरकार अग्रसर रहेको बताएकी छिन ।
उनले जतिसुकै मतभेद भए पनि एकापसमा हातेमालो गर्दै आपसी संवाद र सहमतिका आधारमा मुलुकलाई राजनीतिक निकास दिनेगरी निर्वाचनका पक्षमा देश होमिएको बताएकी छिन । ‘तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद्’द्वारा आज टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले लोकतन्त्रको मुख्य आधार उल्लासमय वातावरणसहित स्वच्छ र निष्पक्ष निर्वाचन रहेको बताइन ।
उनले राजनीतिक दलका तर्फबाट उत्साहका साथ समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा पेस भएसँगै प्रतिनिधि सभा सदस्यको निर्वाचन सुनिश्चित भएको छ भनिन ।
आसन्न निर्वाचनका सन्दर्भमा जिम्मेवार राजनीतिक दलसहित र युवाहरूबाट प्राप्त अमूल्य सहयोगका लागि धन्यवाद दिँदै प्रधानमन्त्री कार्कीले सम्बद्ध सबै पक्षको सहयोगमा उत्साहपूर्ण ढङ्गबाट निर्वाचन सफल हुने विश्वास व्यक्त गरेकी छिन ।
शान्ति, सुरक्षाको प्रत्याभूतिसहित भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै उनले प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न गरी मुलुकलाई राजनीतिक निकास दिन अहोरात्र खटिरहेको सरकारलाई साथ दिन सबैसँग अनुरोध गरेकी छिन।