सुचना, समाचार र मनोरन्जन

उच्च पहाडी तथा हिमाली एकरदुई ठाउँमा हल्का वर्षासहित हिमपातको सम्भावना

आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एकरदुई ठाउँमा हल्का वर्षासहित हिमपातको सम्भावना छ । यी चार वटा प्रदेशसहित देशका पहाडी तथा हिमाली क्षेत्रमा आज मौसम आंशिक बदली छ ।

तराई क्षेत्रमा धेरैजसो ठाउँमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । तराईमा लगातारको बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित हुँदै आएको छ । चिसोका कारण विपन्न वर्ग, मजदुर बढी मर्कामा परेका छन् । बालबालिका, वृद्धवृद्धा बिरामी पर्नेक्रम बढेको छ ।

तराईका झापा, रौतहट, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियालगायतका जिल्लामा निरन्तरको बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित भएको हो । केही पालिकाले दाउरा र कम्बल वितरण गरे पनि राहत पर्याप्त नभएको गुनासो छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका एकरदुई ठाउँमा हल्का वर्षासहित हिमपातको सम्भावना साथै तराईमा हुस्सुरकुहिरो हुँदा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ ।

आज काठमाण्डौ उपत्यकामा न्यूनतम तापक्रम हिजोको भन्दा घटेसँगै चिसो थप बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान पौने ६ बजे काठमाण्डौमा न्यूनतम तापक्रम ३।४ डिग्री सेल्सियस मापन भएको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियसमा रहेको थियो ।

Leave A Reply

Your email address will not be published.