Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- रास्वपाको सहमहामन्त्री महिलातर्फ रिमा विश्वकर्मा र निशा डाँगीसहित ५ जनाको उम्मेदवारी
- मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या
- जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
- २० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन रकम
- सुनचाँदीको मूल्य अस्थिर
- तिम्रो तस्वीर’ लिएर सांगीतिक यात्रामा पूर्णिमा रसाइली, पोखराको संगीत क्षेत्रमा नयाँ ऊर्जा
- प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची
- रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए
- ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन
- देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध
सुनचाँदीको मूल्य बढेको बढ्यै
काठमाडौँ,
स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि भएको छ । विगत तीन दिनदेखि प्रतितोला रु दुई लाख ७७ हजारभन्दा अधिक मूल्यमा किनबेच भएको पहेँलो धातु र चाँदीको मूल्य आज पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रु पाँच हजार ८८० कायम भएको छ ।
गत आइतबार एक तोला छापावाल सुन रु दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ६२५ मा कारोबार भएको थियो । सोमबार एक तोला सुन रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ८१० मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६९० र त्यति नै परिमाणको सेतो धातु ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा माग बढेकाले सुन र चाँदीको मूल्य बढेको हो ।