Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- फिल्म ‘बाटुलो जून’को सुटिङ सकेर अमेरिका जान लागे अनमोल
- द भ्वाईस अफ नेपाल ४ बिजेता करण राईको ‘मैनाम’ म्युजिक फिल्म सार्वजनिक
- ‘दोलखा सिङ्गटी’ बोलको गीत युटूव च्यानल मार्फत सार्वजनिक
- हुलाकमार्फत घरमै राहदानी पाउन थालेपछि ललितपुरका सेवाग्राही खुसी
- रास्वपा महाधिवेशनः साँझ साढे ७ बजेबाट मतदान हुने
- रास्वपा महाधिवेशनमा बुधबार उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक
- काठमाडौँमा तार भूमिगत कार्य अन्तिम चरणमा: पोखरासहित देशभर ‘स्मार्ट ग्रिड’ को लक्ष्य
- २६६० अंकमा झर्यो सेयर बजार, ४ महिनाकै न्यून
- विश्वकप २०२६: समूह चरणको अन्तिम खेल आज, स्विट्जरल्यान्ड र क्यानडा भिड्दै
- वीरगञ्ज महानगरपालिकाले ल्यायो चार अर्ब ४२ करोड बजेट
मुलुकभर उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारीको मनोनयनपत्र दर्ता
काठमाडौँ,
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै क्षेत्रसहित मुलुकभरका निर्वाचन क्षेत्रमा उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारीको मनोनयनपत्र दर्ता भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली ९प्रत्यक्ष० तर्फको उम्मेदवारीको मनोनयनपत्र दर्ता गर्न निर्वाचन आयोगले आज बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा समय निर्धारण गरेको थियो ।
निर्वाचन आयोगका अनुसार २७५ स्थानका लागि राजनीतिक दल र स्वतन्त्रबाट गरी साँझ ५ बजेसम्मको विवरणमा दुई हजार ३३५ उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय परिसरमा प्रवेश गरिसकेका उम्मेदवारले ५ः०० बजेपछि पनि दर्ता गराउन सक्नेछन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मनोनयनपत्रको समग्र अवस्थाबारे आयोगले आज ५ः३० बजे पत्रकार सम्मेलन गरी जानकारी दिने बताए ।
काठमाडौँका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार १० वटै निर्वाचन क्षेत्रमा उत्साहपूर्ण र शान्तिपूर्ण रूपमा मनोनयनपत्र दर्ता भएको बताए । उनले राजनीतिक दलका साथै स्वतन्त्रका तर्फबाट पनि उत्तिकै उम्मेदवारी परेको जानकारी दिए ।
थलीस्थित काठमाडौँ निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत शान्ति न्यौपानेले व्यवस्थित रूपमा उम्मेदवारी मनोनयन दर्ता भएको जानकारी दिँदै दर्ता गर्न आउँदा अधिकृतको कार्यालयभित्र प्रवेशका लागि उम्मेदवारका साथ बढीमा पाँच जनालाई मात्र भित्र प्रवेश दिइएकाले सुरक्षा व्यवस्था पनि सहज भएको बताए । गोकर्णस्थित काठमाडौँ निर्वाचन क्षेत्र नं ३ का निर्वाचन अधिकृत चमिला भट्टराईले उम्मेदवारी दर्ताका लागि एक हजार ५०० ले फारम लगे पनि ४ः३० बजेसम्म १५ जनाको उम्मेदवारी दर्ता भएको जानकारी दिए ।