सुचना, समाचार र मनोरन्जन

‘स्टुडेन्ट अफ द इयर’को टप फाइभमा रिहाना गैरे चयन

चितवन :

जापानको क्योतोमा जन्म भई हाल चितवनको भरतपुर–९ मा बसोबास गर्दै आएकी रिहाना गैरे ‘स्टुडेन्ट अफ द इयर’ रियालिटी शोको टप फाइभमा पर्न सफल भएकी छन्। उनी भरतपुर–७ स्थित अंकुरम एकेडेमीमा कक्षा १० मा अध्ययनरत छात्रा हुन्।

मार्सल आर्ट्स कराँतेमा ब्ल्याक बेल्ट प्राप्त रिहाना अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा सक्रिय रहँदै आएकी छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कराँते प्रतियोगिता, आइक्यु टेस्ट, नृत्य, खेलकुद तथा विविध प्रतिभा प्रस्तुतिका आधारमा उनी देशभरका प्रतिस्पर्धीलाई पछि पार्दै टप फाइभमा स्थान बनाउन सफल भएकी हुन्।

प्रतियोगिताको अन्तिम नतिजा २० प्रतिशत निर्णायक मण्डलको मूल्यांकन र ८० प्रतिशत अनलाइन भोटिङका आधारमा तय हुनेछ। निर्णायक मण्डलमा अभिनेता राजेश हमाल, अभिनेत्री रेखा थापा र युवा वैज्ञानिक आरिफ शेख रहेका छन्।

हाल हिमालयन टेलिभिजनमार्फत प्रसारण भइरहेको यस रियालिटी शोमा १३ देखि २१ वर्ष उमेर समूहका कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरू सहभागी छन्। प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ र पाँच लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्राप्त गर्नेछन्। शोको सहजीकरण इभा गिरीले गरिरहेकी छन्।

Leave A Reply

Your email address will not be published.