सुचना, समाचार र मनोरन्जन

श्रम संस्कृति पार्टीले पेस ग¥यो समानुपातिकतर्फको सूची

काठमाडौँ,

श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ क्लष्टरअनुसार निर्वाचित चार जनाको नाम निर्वाचन आयोगमा पेस गरेको छ ।

Protin

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड (तीन प्रतिशत मत) पार गरेको श्रम संस्कृति पार्टीले मधेसी महिला रुवीकुमारी ठाकुर, दलित महिला राधिका रम्तेल, खस आर्य महिला अम्बिकादेवी सङ्ग्रौला खड्का र आदिवासी जनजातितर्फ पूर्णप्रसाद लिम्बू निर्वाचित भएको सूची आयोगमा पेस गरेको पार्टीका उपाध्यक्ष लोकनाथ चुडालले राससलाई जानकारी दिए । गत कात्तिक १६ गते आयोगमा दर्ता भएको दलले चार महिनामा २२ जिल्लामा सङ्गठन विस्तार गरी प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ चार जना निर्वाचित गर्न सफल भएको उनले बताए ।

निर्वाचनमा थ्रेसहोल्ड पार गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिवादी), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज क्लष्टर मिल्ने गरी निर्वाचित उम्मेदवारको नाम पेस गरेका छन् । आयोगले गत फागुन २८ गते नै आजसम्म क्लष्टर मिलाएर पेस गर्न पत्रात्रार गरेको थियो ।

Leave A Reply

Your email address will not be published.