सुचना, समाचार र मनोरन्जन

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार?

काठमाडौं,

साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ७ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ११५ रुपैयाँले घटेर ४ हजार ८९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ५ हजार १० रुपैयाँ रहेको थियो।

यसअघि गत माघ १५ गते सुनचाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। सो दिन सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदी ७ हजार ५०५ रुपैयाँ पुगेको थियो।

उच्च विन्दुसँग तुलना गर्दा हालसम्म सुनको मूल्य करिब ४५ हजार रुपैयाँले घटिसकेको देखिन्छ। बजार विश्लेषकहरूले अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव तथा माग(आपूर्तिको अवस्थाले स्थानीय बजारमा मूल्य घटबढ हुने गरेको बताएका छन्।

Leave A Reply

Your email address will not be published.