काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता चयनका लागि मतदान प्रक्रिया नगर्ने निर्णय गरेको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार शीर्ष नेताहरूबीच भएको छलफलपछि सबै निर्वाचित सांसदहरूको सहमतिमा सर्वसम्मत रूपमा दलको नेता चयन गर्ने सहमति भएको हो।
पार्टीका वरिष्ठ नेता बालेन शाह लाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गर्ने सहमति जुटेको उनले बताए। उक्त सहमतिलाई औपचारिकता दिनका लागि यही १२ गतेतिर केन्द्रीय समिति बैठक बोलाउने तयारी भइरहेको पनि जनाइएको उनले बताए।