Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- नेपाली भाषालाई लोकप्रिय र साझा बनाउन भानुभक्तको महत्वपूर्ण योगदान छः प्रदेश प्रमुख भट्ट
- पहिरोले अवरुद्ध कालीगण्डकी कोरिडोर आठ घण्टापछि सञ्चालन
- मुलुकलाई केन्द्रमा राखेर प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्छौँः आङ्देम्बे
- थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती विश्वविद्यालय
- ग्राहमको मृत्युलाई लिएर इरानमा उत्तेजक सन्देश, ट्रम्प र इजरायली नेतृत्वलाई लक्षित धम्की
- सडक चौपायाको व्यवस्थापनमा पोखरा महानगरको सक्रियता
- प्रधानमन्त्री शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन
- भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा नौ जनाको मृत्यु
- बदलिँदो मौसमले फेरिएको किसानको ‘क्यालेन्डर’
- गैससहरुका लागि ‘सामाजिक उद्यम’ मा लाग्न जोड
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
काठमाडौँ,
प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचनलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका सुरक्षा निकायका पदाधिकारी, कर्मचारी तथा सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।
मधेस प्रदेश राजधानी जनकपुरमा आयोजित कार्यक्रममा उहाँले कठिन र चुनौतीपूर्ण घडीमा पनि निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न तहमा खटिएका सुरक्षा अधिकारीहरू, प्रशासनिक कर्मचारी तथा सरोकार भएका निकायको योगदानको उच्च प्रशंसा गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी लिनुभयो ।
साथै, प्रदेश–प्रदेशमा रहेका सुरक्षा निकायका प्रमुख तथा निर्वाचन व्यवस्थापनमा संलग्न अधिकारीहरूलाई बधाई दिँदै उहाँले उहाँहरूको समर्पण र जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गर्नुभयो । प्रधानमन्त्री कार्कीले भन्नुभयो, “हामीले बनाएको योजना तपाईंहरूले उत्कृष्ट रूपमा कार्यान्वयन गर्नुभयो । हामीले लिएको सङ्कल्पलाई तपाईंहरूले सफलतापूर्वक पूरा गरिदिनुभयो । यसका लागि म आभारी छु । मान्छेहरू मलाई बधाइ भनिरहेका छन् । यसको वास्तविक हकदार तपाईंहरू हो ।”
त्यस अवसरमा सुरक्षा निकायका अधिकारीहरूले पनि यस्तो महत्त्वपूर्ण राष्ट्रिय अनुष्ठानको अङ्ग बन्न पाएकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री कार्कीजस्तो नेतृत्वसँग काम गर्न पाउनु गर्वको विषय भएको बताउनुभयो । उहाँहरूले निर्वाचनका दौरान देखेभोगेका अनुभव पनि सुनाउनुभयो ।
Prev Post
Next Post