Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- सुशील र न्यान्सीको फिल्म ‘अक्षरा’ ले पायो युनिभर्सल सर्टिफिकेट,सबै उमेरका दर्शकले हेर्न पाउने
- ‘बेहुली’को ट्रेलरले रच्दै इतिहास: २४ घण्टामै १० लाख भ्युज पार
- असोज २ गते रिलिज हुने ‘कार्की साइँला’को ट्रेलरमा भरियाको सङ्घर्ष र पुरुषको पीडा
- प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
- फर्स्टलुक पोस्टरसहित बिजुको ‘अन्तिम दाउ’ घोषणा
- अस्ट्रेलियामा शोभित बस्नेत र सन्तोष तिवारीको सक्रियतामा नेपालका बाढीपीडितका लागि ३३ लाखभन्दा बढी राहत संकलन
- पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता
- पृथ्वी राजमार्ग अवरुद्ध: पर्यटक बस सञ्चालनमा समस्या
- भोटेकोशीमा बाढीः वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई
- इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च
सुशासन र पारदर्शितामा सांसदहरूको जोड
काठमाडौँ,
राष्ट्रियसभाको आजको बैठकमा नवगठित सरकारले सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमा विशेष जोड दिइएको छ ।
बैठकमा नेपाली कांग्रेसका खम्मबहादुर खातीले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितका विषयलाई केन्द्रमा राखेर सरकारले काम गर्नुपर्ने बताउनुभयो ।
सोही दलकी गीता देवकोटाले किसानमैत्री नीति कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो भने सांसद चन्द्रबहादुर केसीले देशको ‘आर्थिक विकास’ वर्तमान सरकारको मूलमन्त्र हुनुपर्छ भन्नुभयो ।
बैठकको शून्य समयमा पश्चिम एसियामा जारी द्वन्द्वका कारण दैनिक उपभोग्य वस्तुको मूल्य बढेको तथा यसबाट सीमान्तकृत वर्ग समस्यामा परेको विषयलाई सभाका सदस्यहरूले प्राथमिकताका साथ उठाउनुभयो ।
सांसद उदयबहादुर बोहोराले पश्चिम एसियाली देशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न सरकारसँग आग्रह गर्नुभयो ।
सांसदहरू जयन्तीदेवी राई, मोहम्मद खालिद राजेन्द्रलक्ष्मी गैरे र सोनामगेल्जेन शेर्पाले पश्चिम एसियामा जारी द्वन्द्व तथा त्यसबाट नेपालसहित विश्वभर परेको प्रभाव एवं समसामयिक विषयमा सदन एवं सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद भुवनबहादुर सुनारले सुर्खेतकी इनिशा विक प्रकरणको निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिनुभयो । सांसद सुरेशकुमार आलेमगरले विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउन नहुने धारणा व्यक्त गर्नुभयो ।
शून्य समयमा सांसदहरू मदनकुमारी शाह र नारायणदत्त मिश्रले पनि समसामयिक विषयमा सदनको ध्यानाकर्षण गराउनुभएको थियो ।
Prev Post