सुचना, समाचार र मनोरन्जन

‘सम्झना साँचौँला’मा देखियो शिक्षक–विद्यार्थीको रमाइलो सम्बन्ध

काठमाडौं :

मिथिला शर्माको मुख्य भुमिका रहेको फिल्म ‘गुरु आमा’को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच निर्माण पक्षले उक्त गीत सार्वजनिक गरेको हो।

गीतमा ममता गुरुङ र मोहन नेपालीले गाएका छन् भने फिल्मका निर्देशक तथा अभिनेता प्रेम सोनी सुनारले गीतको शब्द रचना गरेका हुन्। गीतलाई बीबी अनुरागीको संगीत भरेका हुन्।

Chaka Panja

एकेन्द्र सारा शंकरको कोरियोग्राफीमा बनेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार मिथिला शर्मा, पूजा शर्मा, बुद्धि तामाङ, प्रेम सोनी सुनार लगायतले नाचेका छन्। आगामी बैशाख २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको यस फिल्मले विद्यालयको वनभोजमा शिक्षक(शिक्षिका र विद्यार्थीहरूबीचको रमाइलो र मित्रवत् सम्बन्धलाई भिडियोमा देखाइएको छ ।

प्रेम सोनी सुनारको कथा तथा निर्देशन रहेको यस फिल्ममा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, सुशील पोखरेल, ध्रुव कोइराला, उत्तम के।सी, राधिका हमाल लगायतको अभिनय देख्न सकिनेछ। सीता विश्वकर्मा र निर्देशक तथा अभिनेता प्रेम आफैले लगानी गरेको यस फिल्ममा सुशील पंगेनीको लेखन, शेरबहादुर तामाङ र मिराज अर्यालको छायांकन तथा मित्र देव गुरुङको सम्पादन छ।

Leave A Reply

Your email address will not be published.