सुचना, समाचार र मनोरन्जन

पोउवा संघमा हङकङ चेम्बरका महासचिवलाई स्वागत तथा सम्मान

पोखरा :

पोखरा उद्योग वाणिज्य संघले आफ्नो भगिनी संस्था नेपाल चेम्बर अफ कमर्स हङकङका महासचिव ड्यानी वरदान गुरुङको स्वागत तथा सम्मान गरेको छ।पारिवारिक भेटघाट तथा काम विशेषले पोखरा आएका महासचिव गुरुङलाई संघका अध्यक्ष गोकर्ण कार्कीसहित पदाधिकारी र कार्यसमितिका सदस्यहरुबाट स्वागत र सम्मान गरिएको पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले जानकारी दिइन् ।

सो अवसरमा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा र समग्र नेपालको आर्थिक विकासको लागि हङकङका उद्योगी/व्यवसायी तथा नेपालीहरुलाई सहजीकरणको लागि हङकङ चेम्बरसँग अनुरोध गरे। पोखराको उद्योग/व्यवसायसहित खेल,स्वास्थ्य र साहसिक पर्यटनको क्षेत्रमा लगानीका प्रसस्त सम्भावनाहरु रहेको उहाँको भनाइ थियो ।

सम्मान कार्यक्रममा संक्षिप्त धारणा राख्दै नेपाल चेम्बर अफ कमर्स हङकङका महासचिव गुरुङले दुई संघबीचको भाइचारालाई द्विपक्षीय लगानी साझेदारी,लगानीका नयाँ क्षेत्रको खोजीमा लगाउन आफूहरु तयार रहेको बताए। पोउवा संघ र नेपाल चेम्बर अफ कमर्स हङकङसँग सन् २०१८ मा नै आपसी सहयोग आदानप्रदानसम्बन्धी समझदारीमा हस्ताक्षर भएको थियो भने करिब ३ वर्षअघि हङकङ चेम्बरको १५ औं वार्षिकोत्सवमा संघका तत्कालीन अध्यक्ष पवनकुमार प्रजापति सहभागी हुने क्रममा सहमतिलाई अझ फराकिलो बनाइएको थियो ।

Leave A Reply

Your email address will not be published.