काठमाडौं :
अभिनेत्री आँचल शर्मा अभिनित फिल्म ‘एक मुठ्ठी बादल’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ। आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै निर्माण टिमले फिल्मको ट्रेलर रिलिज गरेको हो।
सार्वजनिक ट्रेलरले घरको पारिवारिक माहोल र त्यसको साइकोलोजिकल कथावस्तु तथा चरित्र चित्रण गरिएको देख्न सकिन्छ। जस कथामा आँचल विवाहलाई लिएर खुसी नभएको कुरा पर्दामा देखाउन खोजिएको छ।
फिल्ममा निशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनीष निरौला,सहयोग अधिकारी, गौरव विष्ट,अविरलप्रताप अधिकारीको पनि अभिनय छ। अभिनेत्री निशा शर्माले ३१ वर्षपछि यसै फिल्ममा अभिनय गरेकी हुन्। निशाले कार्यक्रममा भनिन्,‘मैले ३१ वर्षपछि फिल्ममा काम गरेको हो। यसअघि एउटा फिल्ममा काम गर्नका लागि अफर आएको थियो। तर म विरामी भएर काम गर्न सकिनँ। यो फिल्ममा जुरेको रैछ।’
फिल्मलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा छन्। निर्माण टोलीमा जर्मन निर्मातामा सारा फाजिलात, सामीप्यराज तिमल्सेना र अनुप पौडेल छन्। मर्णा जेम्सले फिल्मको प्रमुख सहायक निर्देशकको रूपमा काम गरेकी छन्। गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेको यो फिल्मलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ। लिन्ह डान गुयेन फानको छायांकन, यशस्वी सभरवालको प्रडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन रहेको यो फिल्म आगामी जेठ १ गतेबाट रिलिज हुनेछ।