काठमाडौँ :
विराज भट्टको निर्देशनमा निर्माण हुने फिल्म ‘१२ गाउँ २’मा प्रकाश शाह अनुबन्धित भएका छन्। निर्माण टिमले उनलाई फिल्मको खलनायक पात्रका लागि अनुबन्धित गरेको हो।
विराज भट्टले आफ्नो फिल्म ‘१२ गाउँ २’का लागि प्रकाशलाई अनुबिन्धत गरेको जानकारी दिए। उनले सामाजिक सञ्जाल फेसबुकमा प्रकाशसँगको फोटो राख्दै उनलाई आफ्नो निर्देशकिय फिल्म ‘१२ गाउँमा’अनुबन्ध गरेको जानकारी दिएका हुन्। प्रकाश र विराजको यो दोस्रो सहकार्य हो।
यसअघि विराजको निर्देशकिय फिल्म ‘साङ्लो’मा काम गरिसकेका थिए। विराज भट्टको निर्माण तथा निर्देशनमा निर्माण हुन लागेको यो फिल्ममा उनका छोरा समिर भट्ट फाइनल भइसकेका छन्। साथै यो फिल्ममा निर्देशक स्वयंमको पनि अभिनय रहने चर्चा छ। तर यकिन छैन।