Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा
- आउँदो १० वर्षमा साढे २४ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य
- सुनको मूल्य प्रतितोला ३ लाख नाघ्यो, चाँदी पनि बढ्यो
- ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
- लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
- वन्यजन्तुमैत्री छैन सिक्टाको पश्चिमी मूलनहर
- सुरक्षित गर्भपतन सेवा असुरक्षित : रोकिएन अकालमा आमाहरूको मृत्यु
- किन छैन किसानको चैतेधान खेतीतर्फ आकर्षण?
- शिक्षामन्त्रीको एक महिने समीक्षाः एक महिनामै एसईईको नतिजा आउने, सातै प्रदेशमा अटिजम विद्यालयु खोल्ने योजना
- पोखरा सभागृह पुनर्निर्माण गरिने
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
तनहुँ,
तनहुँको सदरमुकामस्थित व्यास नगरपालिकाले विगत केही दिनदेखि बजार क्षेत्रबाट फोहरमैला सङ्कलन गर्न स्थगित गरेको छ । फोहरमैला विसर्जन गर्ने ठाउँ अभावका कारण नगरपालिकाले बजार क्षेत्रबाट फोहर उठाउन नसकेको हो ।
हाल व्यवस्थापन गरिएको जग्गामा खाडल पूरा भई वैकल्पिक स्थानको खोजी भइरहेकाले वैकल्पिक स्थानको व्यवस्थापन नहुँदासम्म फोहरमैला सङ्कलन गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो ।
फोहरमैलाको दिगो व्यवस्थापनका लागि प्रस्तावित जग्गा खरिदको अनुमति नेपाल सरकारसँग माग भएकामा हालसम्म पनि अनुमति प्राप्त हुन नसकेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हाल स्रोतमा वर्गीकरण गरी आएका नकुहिने फोहरलाई कार्यालय परिसरभित्र सूक्ष्म वर्गीकरण गरी बिक्रीयोग्य सामानहरु बिक्री गरी बिक्री अयोग्य वस्तुहरुको अन्तिम विसर्जनका लागि वडा नम्बर १ गल्वुबेँसी अकला कमलडिहीमा व्यक्तिको जग्गामा अस्थायी व्यवस्थापन गरिँदै आएको छ ।”
उक्त अस्थायी ठाउँ पनि फोहरले भरिएपछि अर्को ठाउँ खोजी भइरहेको लम्सालले बताउनुभयो । नगरपालिकाले वैकल्पिक स्थानको व्यवस्थापन नहुँदासम्म आफूले उत्पादन गरेका फोहरमैला घर, कम्पाउन्डभित्र सुरक्षित तवरले राख्न नगरवासीलाई आग्रह गरेको छ ।
नगरपालिकाले तीन वटा टिपर, चार वटा ट्याक्टर, एक जेसिभी, एक सक्सन ट्याङ्क, एक अटो र एक रिक्सा गरी ११ वटा सवारीसाधन दैनिक रुपमा सरसफाइका लागि प्रयोग गर्दै आएको छ ।
नगरपालिकाको स्थापनाको ३२ वर्ष भए पनि यहाँ फोहरमैला व्यवस्थापन केन्द्र नहुँदा बेलाबेलामा समस्या हुने गरेको छ । नगरपालिकामा स्थापनाकालदेखिको मुख्य समस्याका रुपमा रहेको फोहरमैला व्यवस्थापन सधैँको समस्या बन्ने गरेको छ ।