सुचना, समाचार र मनोरन्जन

रुपेश डङ्गोलको संगीतमा ‘ओ सानी’ रेकर्डिङ सम्पन्न

काठमाडौं :

गीत–संगीतको क्षेत्रमा आफ्नै पृथक पहिचान बनाएका युवा गायक तथा संगीतकार रुपेश डङ्गोलको संगीतमा नयाँ गीत ‘ओ सानी’को रेकर्डिङ सम्पन्न भएको छ।

Chaka Panja

लामो समयदेखि गीत–संगीतमार्फत आफ्ना श्रोता तथा दर्शकमाझ सांगीतिक कोसेली पस्कँदै आएका डङ्गोलको संगीतमा तयार भएको ‘ओ सानी तिमी नै मेरो दिलको रानी’ बोलको गीतमा आकर्षक भिडियो समेत निर्माण गरिनेछ। उक्त गीतको भिडियोमा रितु श्रेष्ठ र ईश्वर श्रेष्ठको अभिनय रहनेछ।

भूपेन्द्र बज्राचार्यको शब्द तथा संगीत संयोजन रहेको यस गीतको भिडियोमा श्रीमान–श्रीमतीबीचको पारिवारिक द्वन्द्वलाई मुख्य विषयवस्तु बनाइएको निर्माण टिमले जनाएको छ।

Leave A Reply

Your email address will not be published.