पोखरा,
सामाजिक उत्तरदायित्व तथा मानव सेवाको भावनालाई आत्मसात गर्दै भिन्तुवा युवा क्लव तेर्सापट्टीले रक्तदान तथा निःशुल्क आँखा शिविर आयोजना गर्ने भएको छ ।
क्लबले आगामी जेठ ९ गते शनिबार बिहान ८ बजेदेखि धर्मशाला वौद्ध बिहारमा “रक्तदान तथा निःशुल्क आँखा शिविर” सञ्चालन गर्न लागेको जनाएको हो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सँगको सहकार्यमा रक्त संकलन गरिनेछ भने हिमालय आँखा हस्पिटलको प्राविधिक सहयोगमा निःशुल्क आँखा परीक्षण सेवा प्रदान गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागी भई आफ्ना आँखाको स्वास्थ्य परीक्षण गराउन तथा इच्छुक व्यक्तिहरूलाई रक्तदान गर्न आयोजकले आग्रह गरेको छ ।
“रक्तदान महादान, स्वस्थ आँखा स्वस्थ जीवन” भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममार्फत रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै नियमित आँखा परीक्षणको महत्वबारे सचेतना फैलाउने उद्देश्य रहेको क्लबले जनाएको छ ।
आयोजकका अनुसार रक्तदान जीवन बचाउने महान कार्य भएकाले प्रत्येक स्वस्थ व्यक्तिले वर्षमा कम्तीमा दुई पटक रक्तदान गर्नुपर्ने तथा आँखाजस्तो संवेदनशील अङ्गको नियमित परीक्षण आवश्यक रहेको सन्देश दिन कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रम सफल बनाउन सञ्चारकर्मी, स्थानीय संघसंस्था तथा सम्पूर्ण नगरवासीहरूको सक्रिय सहभागिता र सहयोगको अपेक्षा गरिएको छ ।