सुचना, समाचार र मनोरन्जन

नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष नरेशलाल श्रेष्ठलाई पोउवा संघको स्वागत

पोखरा,

नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले पोखरा र समग्र गण्डकी प्रदेशमा लगानी भित्र्याउन तथा पर्यटन प्रवद्र्धनको नेतृत्व पोखरा उद्योग वाणिज्य संघले गर्नुपर्ने बताउनु भएको छ ।

पोखरा उद्योग वाणिज्य संघले उहाँको सम्मानमा आइतबार आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रमको दौरान उहाँले गण्डकीको राजधानी पोखरामा रहेको पोखरा उद्योग वाणिज्य संघको सक्रियता निजी क्षेत्रको हितका निम्ति हुनुपर्नेमा पनि जोड दिनुभयो ।

पोखरा उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष गोकर्ण कार्की महासंघको केन्द्रीय सदस्यमा मनोनित हुनुभएको प्रसंग झिक्दै उहाँले महासंघमा भएको उपस्थितिले पनि पोखराको भूमिका बढेको बताउनु भएको हो ।

गण्डकी प्रदेश सरकारले निकट भविष्यमा लगानी सम्मेलन गर्न लागेको र सो सम्मेलनमार्फत् गैरआवासीय नेपालीबाट, विदेशी उद्योगी÷व्यवसायीबाट र स्वदेशकै उद्योगीलाई पनि पोखरा र गण्डकी क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिने उहाँको भनाइ थियो ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष गोकर्ण कार्कीले केन्दीय सदस्यको जिम्मेवारीलाई कुशलतापूर्वक निभाउने बताउनुभयो । पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष दिनेशचन्द्र बास्तोलाको अध्यक्षता र स्वागत रहेको कार्यक्रमको संचालन संघकी महासचिव शोभा गौतमले गर्नुभएको थियो भने कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका जिल्ला नगरतर्फका उपाध्यक्ष मृगेन्द्र घिमिरेको पनि उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.