काठमाडौं :
गत शुक्रबारदेखि हलमा लागेको फिल्म ‘मीतज्यू’लाई दर्शकको साथ अत्यधिक मिलिरहेको छ। यस्तो अवस्थामा निर्माण टिमले हल९हलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेको छ।
राजधानीका केही हलमा दर्शकको प्रतिक्रिया लिएपछि निर्माण टिम मोफसलतर्फ लागेको हो। बुधबार बिहान यस फिल्मका मुख्य कलाकार दयाहाङ राई, टेरिया फौजा मगर र निर्देशक अनिल बुढा मगरसहितको टिम नेपालगञ्ज, दाङ र बुटवलतर्फ लागेको छ। उनीहरूले त्यहाँ रहेका हलमा दर्शकसँगै बसेर फिल्म हेर्ने निर्माण पक्षको भनाइ छ।
यस फिल्ममा दयाहाङ राई, सौगात मल्ल र टेरिया मगर मुख्य भूमिकामा छन्। सौगात, दयाहाङ र टेरियाका अलावा फिल्ममा शिशिर वाङ्देल, खड्गबहादुर पुन मगर, पुष्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने लगायतका कलाकारको अभिनय छ। जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका लगानीकर्ता जनक घर्तीमगर हुन्।
फिल्मलाई अनिल बुढामगरले निर्देशन गरेका हुन्। लोकेश बज्राचार्यले सम्पादन गरेको यो फिल्मलाई शिशिर विशंखेले खिचेका हुन्। यस फिल्मलाई आरआर फिल्म्सले नेपालभर वितरण गरेको छ।