सुचना, समाचार र मनोरन्जन

दिल्ली पुगेका सभापति लामिछानेले आजदेखि भेटघाट तथा अन्तरक्रिया गर्दै

भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भारत भ्रमणका लागि दिल्ली पुग्नुभएका रवि लामिछाने आजदेखि भेटघाट र अन्तरक्रिया थाल्नुहुने भएको छ ।

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछाने पाँच दिने भारत भ्रमणका लागि हिजो दिल्ली पुग्नुभएको हो । लामिछानेले भाजपा मुख्यालयमा आज भाजपाका अध्यक्ष नितिन नवीनसहित पार्टी पदाधिकारीसँग भेट्ने कार्यक्रम छ । नयाँ दिल्लीमा रहँदा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको रास्वपाले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

Chaka Panja

गएको फागुन २१ मा भएको प्रतिनिधिसभा चुनावबाट झन्डै दुई तिहाइ सिट जितेर रास्वपाले सरकार बनाएको दुई महिनापछि सभापति लामिछाने भारत भ्रमणमा जानुभएको हो । अहिले दुई देशबीच सीमाको विषयमा बहस भइरहेका बेला लामिछानेको यो भारत भ्रमणलाई राजनीतिक तथा कूटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

यसैबीच लामिछानेले नेपाल–भारत सम्बन्धमा विश्वासको वातावरण निर्माणलाई सबैभन्दा महत्त्वपूर्ण आधार भन्दै सीमा विवादजस्ता विषयलाई अनन्तकालसम्म लम्ब्याउन नहुने बताउनुभएको छ । भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्समा आज प्रकाशित उहाँको लेखमा ऐतिहासिक तथ्य, प्रमाण र आपसी समझदारीका आधारमा विवाद समाधान गर्नुपर्ने उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.