Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- नेपाली सेनाः संयुक्त राष्ट्रसङ्घको विश्वसनीय र भरपर्दो शान्ति सैनिक
- लमजुङका पर्यटकीय गन्तव्य प्रवर्द्र्धन गरिँदै
- अन्नपूर्ण हिमाल आरोहण दिवसमा दोर्दीमा पर्यटन प्रवर्द्धन कार्यक्रम
- सुरक्षा संयन्त्रको अध्ययन समितिको म्याद थप गर्ने सरकारको निर्णय
- पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक
- गण्डकीमा पाँच बालमैत्री नगरपालिका
- मध्यपहाडी लोकमार्गको वैकल्पिक ‘पाखुट्टे-ढाँड’ सडक ‘ग्राभेलिङ’
- दिल्ली पुगेका सभापति लामिछानेले आजदेखि भेटघाट तथा अन्तरक्रिया गर्दै
- सङ्कल्प र लगनले चुम्दै सफलता
- वीरगञ्ज नाकाबाट करिब आठ अर्बको दलहन आयात
सुरक्षा संयन्त्रको अध्ययन समितिको म्याद थप गर्ने सरकारको निर्णय
काठमाडौँ,
सरकारले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले पेस गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न सिफारिस गर्न गठित अध्ययन समितिको कार्यावधि ४५ दिन थप गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको शिक्षा तथा खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो ।
बैठकले भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बाँस्तोला (कास्की) लाई नियुक्त गर्ने निर्णय गरेको छ । समितिको समस्याहरूमा अमिरप्रसाद न्यौपाने (काठमाडौँ), पद्मिनी सोती ९लमजुङ० र डा रेहना श्रेष्ठ (काठमाडौँ) नियुक्त गरिएको जनाइएको छ ।
सरकारले संयुक्त राष्ट्रसङ्घ वातावरणीय कार्यक्रम (युएनइपी)बाट ओजन तहलाई हानि पुर्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी मोटेरल पोर्टोकलको कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्नेसमेत निर्णय गरिएको छ । बैठकले सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ ।