सुचना, समाचार र मनोरन्जन

न्युयोर्कको किरात चोकबाट घोषणा : अगष्टमा गुञ्जिनेछ नेपाली कला र अवार्डको रौनक

काठमाडौं :

एफ एफ एल अवार्ड २०८३ अमेरिकाको न्युयोर्कमा हुने भएको छ । अवार्डको तयारीको लागि आयोजक प्रमुख दिनेश लिङ्देन अमेरिका पुगेका छन् । न्युयोर्कको किरात चोकमा पत्रकार सम्मेलन गर्दै यो वर्षको अगष्टमा एफ एल एफ अवार्ड हुने जानकारी दिइएको छ।

पत्रकार सम्मेलनमा एफ एल एफ अवर्ड २०२६ का प्रमुख सल्लाहकार तथा नेपाल सरकार पुर्व सदभावना पर्यटन दूत, न्युयोर्क एवम् हामी नेपाली ग्लोबलका प्रबक्ता केशव राम राई, मुख्य सहयोगी सस्था नेपाल अमेरिका कलाकार संघको अध्यक्ष बसन्ती राई, फिल्म निर्देशक किशोर सुब्बा, विश्व कीर्तिमान कायम राख्न सफल पार्कर दिनेश सुनारको उपस्थिति रहेको थियो ।

उनीहरुले एफ एल एफ अवार्डलाई भव्य एवम् सभ्यताका साथ सम्पन्न गर्न गराउनलाई व्यक्तिगत र सस्थागत सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

Leave A Reply

Your email address will not be published.