सुचना, समाचार र मनोरन्जन

राजु श्रेष्ठको ‘कंगाल करोडपति’मा मुकुन भुषाल पक्का,हिरोइन किन लुकाइयो?

काठमाडौं :

प्रविन आचार्यको प्रस्तुतिमा निर्माण हुने फिल्म ‘कंगाल करोडपति’को प्रमुख भूमिकामा मुकुन भुषाल अनुबन्धित भएका छन्। उनलाई निर्माण टिमले फिल्मको मुख्य भुमिकामा अनुबन्धित गरेको हो।

Chaka Panja

निर्देशक राजु श्रेष्ठले निर्देशन गर्ने यस फिल्म प्रदर्शनमा आइरहेको भन्दा फरक रहने निर्माण पक्षको जानकारी दिएका छ। यस फिल्ममा अनुबन्धित भएपछि अभिनेता भुषालले फिल्मको पटकथा र आफ्नो पात्र रोचक रहेको बताए।

मिडियाकर्मीसँग कुराकानी गर्दै अभिनेता भुषालले भने,‘धेरै स्क्रिप्ट आइरहेको सन्दर्भमा यसको कथावाचन शैली र मलाई प्रस्ताव गरिएको पात्रले आकर्षित गर्‍यो।’
फिल्म ‘बुलबुल’बाट चर्चामा आएका अभिनेता भुषालको पछिल्लो फिल्म ‘रोल नम्बर १’हो। जुन हाल नेपाली सिनेमाघरमा प्रदर्शन भइरहेको छ।
सिनेमा पाठशाला प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा को अभिनेत्री हुन् भन्ने बारेमा जानकारी दिएको छैन भने अन्य कलाकारको नाम पनि गोप्य राखिएको छ।
निर्देशक राजु श्रेष्ठका अनुसार कलाकार छनोट प्रक्रिया पूरा हुनेबित्तिकै कार्यशाला सञ्चालन गरी फिल्म छायांकनमा जाने तयारी गरिएको छ।

यस फिल्मकानिर्माता अनिलकुमार बुढाथोकी रहेका छन्। साथै,सहनिर्मातामा छिरिङ तामाङ रहेका छन् भने रीता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसरका रूपमा आबद्ध छन्। यस फिल्मलाई सुमन गजमेरले लेखेको हुन्।

Leave A Reply

Your email address will not be published.